नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Sep 29, 2016
सिरहाको दक्षिणी ग्रामिणभेगमा एम्बुलेन्स जान छोडियो
  लहान १३ असोज । ‘गुहार गुहार हौं’ हमर पुतौहके बच्चा होअवाला छैय, कनि एम्बुलेन्सवालाके बोलाअ द ’ यो सम्वाद एउटा सडक नाटकका पात्रको हो जसको नाम मानविर रहन्छन् । त्यतिकैमा एक जना शिक्षकले एम्बुलेन्सको फोन गर्छन् । एम्बुलेन्स आउंने क्रममा ग्रामिण सडकको हिलोमा फस्छ । राजमार्गदेखि दक्षिण ग्रामिण भेगको अवस्थालाई सडक नाटकमा दर्शाउंने गरेको हुन्छ । तर, यो सम्वाद सत्य घटनामा परिनत भएपछि नाटकका कलाकारहरु नै पीडा खेप्नुपर्ने अवस्था आउंछ । सिरहाको ग्रामिण भेगमा बर्षाको कारण पूर्णरुपमा सडकहरु बिग्रिएको छ । नेपाल मधेश फान्डेशनको सहयोगमा मधेश मिडिया मिशन नेपालद्धारा संचालित रेडियो सौगातका कलाकारहरु सडक नाटकको लागि आज पर्सा पोखरभिन्डा र रामपुर पिप्राबाट फर्किने बेला भवानीपुर कुर्वामा पिकप जिप फसेर कलाकारहरु सास्ती खेपे । लहानको फुलवारी मेला हुंदै पोखरभिन्डा पुग्दा बाटो विग्रिएकोले जिप पल्टिने त्रासमय पुगियो । त्यहांबाट पिप्रा पुग्न घण्टौं लागियो । फर्किदा त बाटोमै जिप फसिहालियो । जेनतैन त्यहांबाट धनगढी पुग्न खोज्दा सम्भव भएन् । ग्रामिण सडक बिग्रिने मुख्य कारण उपभोक्ता समितिको लापरवाही, समयमा सम्बन्धित निकायको ध्यानाकर्षण नभएको र ट्रायक्टरको गतिलो ओहोरदोहोर रहेको स्थानीयले बताए । स्थानीय एक युवा भने ‘धनगढी जाने सजिलो बाटो छ, तर थारुहरुले आफ्ै बनाएको बाटो हुंदै जानुपर्छ । उनले भने थारुहरुले त्यो बाटो जान दिन्छ की दिदैन् ? त्यो तपाईंहरु जानुस् । जीपका ड्राइभर र नेपाल मधेश फान्डेशनका सिरहा संयोजक रामजीवन यादवले कलाकारहरुलाई लिएर थारुले बनाएको बाटोमा लगियो । त्यो बाटोको प्रवेशमै डांट लगाएर गाउंले थारुहरु बसेका थिए । कलाकारहरुले आफ्नो परिचय दिने वितिकै डाट खोलियो र स्वागत गर्दै राजमार्गतर्फको बाटो देखायो । थारुहरु सजग भएको कारण आफ्नो गाउंको बाटो व्यवस्थित गरेर राखेको  छ । उक्त बाटो राजमार्गदेखि तीन किलो मिटरसम्म रहेको छ ।


सिरहाको दक्षिणभेगमा यतिबेला बाटो विग्रिएको कारण हजारौं रोगी विरामी एम्बुलेन्सको सुविधाबाट बंचित छन् । आजको सडक नाटकले यस्तै घटनाको उजागर गर्दै प्रदर्शन गरियो । नाटकको पात्र मानविरका बुहारी बाटो विग्रिएको कारण एम्बुलेन्स आउंन नसकेर मृत्यूको मुखमा परेको दर्शाएको थियो । जो मानविर सडक निर्माणको उपभोक्ता समितिका अध्यक्ष रहन्छ । जतिबेला उनका बुहारीको एम्बुलेन्स नआएको कारण मृत्यु हुन्छ । त्यतिबेला मानविरलाई होस आउंछ । आज आफ्नो गाउंको बाटो राम्रो बनाएको भए न एम्बुलेन्स फस्थियो न मेरी गर्भवती बुहारीको मृत्यू नै हुन्थियो । अन्तमा जसले खाल्डो खन्छ, उही खाल्डोमा लडछन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी