नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
स्थानीय समाचार :
Sep 20, 2016
संविधान विरुद्ध लहानलगायत देशभरी कालो प्रदर्शन
  लहान, ४ असोज । जारी संविधानमा मधेश र मधेशीको मागलाई समावेश नगरिएको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सिरहा र लहानलगायत देशभरी कालो दिवसको रुपमा मनाएका छन् । असोज ३ गते मधेस र मधेसी विरोधी संविधान जारी भएको भन्दै उक्त दिनलाई कालो दिन भन्दै सिरहा सदरमुकाम, लहान, गोलबजार, मिर्चैया, सप्तरीको राजविराज, भारदह, जनकपुर , विरगं, काठमाण्डौंलगायत देशभरी कालो दिवस मनाइएको छ । सिरहा र लहानको विभिन्न ठाउंमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कालो झण्डासहित विरोध प्रदर्शन गरेका हुन् । 
लहानमा सद्भावना पार्टीले तोकिएको आन्दोलन चौकबाट निस्किएको जुलुस सहिद चौकमा कुशवाह चौकबाट अएका संघीय समाजवादी फोरमका जुलुस एकआपसमा समावेश भएर बजारतर्फ गएका थिए । सोहीक्रममा तमसपाका जुलुस समेत रहेका थिए । बजारतर्फ निस्किएका जुलुस सडक कार्यालय अगाडि नेकपा माओवादी (बैद्य) पार्टीका जुलुस समावेश भएर वृहत्त प्रदर्शन गरिएको छ । 
आफ्ना माग पूरा गराउंन निस्किएका दूई हजारबढीको जुलुसकारीहरु लहान नगरपरिक्रमा गर्दै सहिद चौकमा कोणसभा गरिएका थिए । सो कोणसभामा सद्भावना पार्टीका सहमहासचिव राजकुमार गुप्ता (राजु), पत्रकार दिनेश्वर गुप्ता, विद्यार्थी मन्चका विजय यादव, समाजवादी फोरमका केन्द्रीय सदस्यद्धय राजलाल यादव, सत्यनारायण यादव, नेकपा माओवादी (बैद्य) का द्धय सुरेन्द्र साह, विजय गुप्ता, तमसपाका द्धय रामरिझन यादव, मनोज यादव, तमलोपाका विजय यादव, फोरमका रिता यादवलगायतले मन्तव्य राख्नु भएका थिए । त्यसैगरी सिरहामा भएको प्रदर्शन पश्चात कोणसभामा समाजवादी फोरमका किशोरी यादव, सद्भावना पार्टीका रामबहादुर महतोलगायतले मन्तव्य राख्नु भएका थिए । त्यसैगरी, गोलबजार र मिर्चैयामा समेत कोणसभा भएको थियो । हात र टाउँकामा कालो पट्टी बाँधेर कालो झण्डाकासाथ नगरको विभिन्न भागमा प्रदर्शन गरेको थियो । सप्तरीको राजविराजमा भएको प्रदर्शन पश्चात स्थानीय गजेन्द्र चौकमा आयोजित सभामा विभिन्न पार्टीका केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् । कोणसभा समापनसंगै मोर्चाका कार्यकर्ताहरुले लहानमा २ घण्टासम्म ब्ल्याक आउट गर्न बजारमा म्याकिग गरिएका थिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता