नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
स्थानीय समाचार :
Aug 27, 2016
बकरी ठेक्कामा मनोपोली, लहान नगरपालिकाको स्टल बिक्दै
  लहान, ११ भाद्र । बकरी बजार ठेक्कामा निर्धारित भन्दा बढी रकम असुली गरेको नेपाल कम्युनिष्ट पार्टी संयुक्तका लहान प्रतिनिधि योगेन्द्र पासमान बताउंछन् । उनका अनुसार बकरी किनबेच वापत ५० र ५० रुपैयां लिनुपर्ने लहान नगरपालिकाले निर्धारन गरेको हो । तर, बकरी बजार ठेक्क लिएका उपेन्द्र साहले मनोपोली रकम असुली गरिरहेको छ । नेपाल सद्भावना पार्टीका लहान प्रतिनिधि मोहम्द आशिकले ठेकेदारहरुले बाहिरी विल र कार्वन पेपरमा अनैक थरि मिलाएर बील काट्ने गरेको छ । खसी बाख्र किन्ने बाट ५० रुपैयां र बेच्ने बाट ५० रुपैयां लिनु पर्ने भएपनि २०७३ साउन २८ गतेको विलमा १ सय ६५ र २०७३ साउन २९ गतेको बीलमा २ सय रुपैयां लिएको छ । सो विल आज लहान नगरपालिकामा सार्वजनिक गरिएको छ । यसबारे लहान नगरपालिका निम्ति कार्यालय प्रमुख शत्रुधन चौधरीले यथाशिघ्र कारवाहीको दायरामा ल्याउंने प्रतिबद्धता जनाएको छ । उता, ठेकेदार उपेन्द्र साहसंग सम्पर्क गर्दा उनले भने हाम्रो विलमा त्यस्तो केही छैन् । यहांका नेताहरु हामीलाई फसाउंने षड्यन्त्र गरिरहेको दावी गर्छन् । यसैबीच,लहान ५ स्थित नयां बजारमा रहेको नगरपालिकाको स्टल मनोपोली किसिमले विक्री तथा भाडा लाग्दै आएको छ । अधिकारी महतोले नगरपालिको स्टलमा पसल गर्दै आएका थिए । महतो अशक्त भएपछि सो स्टल अरुलाई आठ लाखमा विक्री गरेको खुलासा भएको छ । नगरपालिकाको स्टल व्यक्ति विशेषले विक्री गर्दै आएपछि शान्ति समिति लहानले चासो लिएको छ । शान्ति समितिका अध्यक्ष रामअशिष महतोले नयां बजारमा रहेको नगरपालिकाको स्टल कुनै व्यक्ति विशेषले बिक्री गर्नु कद्दापी ठीक होइन् । यहां राजनीतिक दलका प्रतिनिधिहरु मिलेर यस्ता गैरजिम्मेवारी कार्यलाई रोक्न लहान नगरपालिकालाई दवाव दिएको छु । सो स्टलको लागि विवाद बढेपछि नगरपालिकाले तालाबन्दी गरी संरक्षण गरिएको थियो ।  तर दूई दिन अगाडि नगरपालिकाका कर्मचारीले सो स्टलको ताला खोल्न लगाएको छ । 
उता, लहान ५ माछा बजारमा प्रथमलाल साहले मनोपोली किसिमले घर निर्माण कार्य गर्न लागेको छ । यसलाई रोक्न पनि शान्ति समितिले निर्णय गरेको छ । यसबारे लहान नगरपालिकाका निम्ति प्रमुख शत्रुधन चौधरीले गैरजिम्मेवारी किसिमले निर्माण गरिरहेको घर रोक्न नगर प्रहरी खटाइएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता