लहान, १० भाद्र । सप्तऋषि नर्सिगं कार्यक्रम लहानमा अध्ययनरत खुश्बु गिरीले आफ्नो जन्म दिन विहीवार अनाथ बालबालिकासंग मनाइएका छन् । लहानको सगरमाथा अनाथालय लहानका बालबालिका मेरी चिल्ड्रेन एकेडेमीमा अध्ययनरत रहेका छन् । खुश्वुले आफु घर बाहिर रहेकोले परिवारजनको अभाष पाउंन र बालबालिका आफ्ना प्रिय साथी रहेको भन्दै उनीहरुसंग जन्म दिन मनाउंन खुशी लागेको बताइन् । खुश्वुको जन्मोत्सव मनाउंन बालबालिकाहरुले पनि समूहगत रुपमा केक, चक्लेट, विस्कुटलगायतको खानेकुरा एकआपसमा बांडेर रमाइएका थिए । सो कार्यक्रममा मेरी चिल्ड्रेनका प्रिन्सिपल पाण्डव हमाल, समाजसेवी महमुद आलम, सगरमाथा अनाथालय लहानका अध्यक्ष दिनेश्वर गुप्तालगायत दर्जनौ सहभागी रहेका थिए ।