नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Mar 12, 2015
सिरहा सप्तरी खुल्ला दिशामुक्त कहिले ? मधेशका आठ जिल्ला कालो सूचीमा
 डिपी गुप्ता
लहान ,२८ फागुन । सगरमाथा अंचललाई एकै पटक खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ आज लहानमा सिरहा र सप्तरीका सरोकारवालाबीच वृहत्त अन्तरक्रिया भएको छ । सो अन्तरक्रियामा शहरी विकास मन्त्रालयका सहसचिव एवं राष्ट्रिय सरसफाई अभियानका अध्यक्ष रामचन्दै देवकोटाले सरसफाई आन्दोलनमा सबै समर्पित रहेका छन् ,काठमाण्डौंमा वागमती सफाईको लागि हप्तै पिच्छे बैठक हुने गर्छन् र यहां पनि माहौल उस्तै रहेकोले लक्ष्य बमोजिम खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने निश्चित रहेको बताउंनुभयो । उहांले अनुगमन अत्ति आवश्यक रहेकोले राष्ट्रियस्तरबाट जोइन्ट अनुगमन समिति बनाएर नियमित कार्य गरियो भने अवश्य लक्ष्य पूरा हुने भन्दै यसमा प्रहरी प्रशासनको पनि उतिकै सहयोगको खाचो रहेको बताउंनुभयो । 
खानेपानीका डिजी रामपृत साहले लक्ष्य प्राप्तिको लागि चौतर्फी सहयोगको खाचो रहेको छ भने मेडिकल टीमलाई समेत परिचालन गरेर अभियानलाई सक्रिय पार्नुपर्ने बताउंनुभयो । छिमेकी देश भारतमा चर्पी निर्माणको लागि अनुदान दिने गरेको छ तर पनि अभियान कमजोर नै छ । हाम्रो देशमा अनुदानको कुरालाई हटाएपछि अहिले जिल्ला जिल्ला खुल्ला दिशामुक्त भइरहेको छ । यसमा भारत भन्दा हामी अगाडि बढिरहेको बताउंदै सरसफाई अभियानलाई अझ सक्रिय पार्न राजनीतिक दललाई संगसंगै लैजानुपर्ने बताउंनुयभो । 
खानेपानीका क्षेत्रीय निर्देशक रामचन्द्र साहले सरसफाईको कार्यक्रममा सिरहा र सप्तरी सधैं ब्याक बेन्चर भएर बस्थ्यो । अहिले अगाडि बढिरहेको कारण यो ठूलो सफलताको लक्ष्य लिएको देखिन्छ । यहां माग बढि आयो तर सप्लाई गर्न नसकिने स्थिति देखिन्छ । यसको लागि एनजिओ र सम्बन्धित निकाय सक्रिय भएर अघि बढ्नुपर्ने बताउंनुभयो । 
सरसफाईका विशेषज्ञ एवं युनिसेफका नमस्तेलाल श्रेष्ठले एनजिओहरुले म्यान पावर बढाएर यस अभियानलाई समयमै लक्ष्य पुरा गर्नुपर्छ । र, डकुमेन्टेशनको कामलाई मजबुत बनाउंनुका साथै संजाललाई कसिलो बनाउंन जोड दिनुभयो । उहां श्रेष्ठले ‘एनी हाउ खुल्ला दिशामुक्त गर्ने — अरु केही होइन् ।’ चाहे पानीलगायत अन्य धेरै समस्या होला ? र, पनि खुल्ला दिशामुक्त क्षेत्र घोषणाको लागि चर्पी हुनैपर्छ बताउंनुभयो ।
यस्तै, सिरहाका सिडियो अब्दुल कलाम खांले चर्पी निर्माण गर्न बढीमा १५ दिन लाग्नसक्छ ,त्यसैले चाहे भने एक महिनामा सिरहा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सकिन्छ । २०१५ सम्ममा जुन लक्ष्य लिएको हो त्यो पुरा गर्न सबैले आफ्नो पक्षबाट सक्रिय हुनुपर्छ । हुनेखानेले आफ्ै चर्पी बनाऔं भने स्वामित्व देखिन्छ । र, मुसहर,दलित गरिबको लागि सम्बन्धि निकायहरुले सहयोग गर्नुपर्छ अनि मात्रै लक्ष्य पुरा हुने बताउनुभयो । उहां खांले यहां घरमा चर्पी रहेपनि पोखरीको डिलमा दिशापिसाब गर्ने गरेकोले बानी परिवर्तन ल्याउंनुपर्ने अर्को महत्वपूर्ण कार्य रहेको बताउंनुभयो । 
डिवाससीसी सिरहाका अध्यक्ष एवं एलडिओ गोपाल अधिकारीले एक बर्षसम्म म पनि ओडिएफबारे नर्सरी पढे, त्यसपछि यसवारे धेरै जानकारी प्राप्त भएको छ अहिले सरुवा भएर सिरहा आएपछि अझ विशेष जानकारीका साथ ओडिएफमा लागेको बताउंदै आफ्नो भूमिकाप्रति म आफ्ै सन्तुष्ट भएका छैन् । राजनीतिक दलहरु तातिएका छैन् । गाविस सचिवहरु सकारात्मक महौलतर्फ गएको छ , उनीहरुलाई जहिले जुन बेला सोध्दा के भइरहेको छ ?  ‘चर्पी बनाएको कुरा गर्छन् ।’ सभासद् विरेन्द्र महतोले चर्पीमा हाम्रो के सहयोग हुनसक्छन् ? व्यापक प्रश्नहरु हुने गरेको छ । तीन वटा नगरपालिका सरसफाईमा सक्रिय छ भने सिरहाको विद्यालयहरुको चर्पीमा पस्ने अवस्था छैन् । कति विद्यालयमा  सरसफाई अभावको कारण चर्पीमा ताल्चा लगाइएको छ । यो मधेशको चुनौती हो । मधेशकै नेतृत्व छ त्यसैले यो अभियान समयमै पुरा हुने उहां एलडिओले बताउंनुभयो । 
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लहानका प्रमुख दशै मण्डलले सिरहा जिल्लाले लिएका सन् २०१५ सम्मको लक्ष्य पूरा गर्न हामी सक्रिय भएर लागेको छ भने एनजिओहरुले पनि आफ्नो तर्फबाट पूर्णरुपमा सक्रिय भएर खटिरहेको अवस्था  रहेको बताउंनुभयो । 
युएनहेविटेट सिरहाका गोपाल घिमिरेले २०१५ सम्मको लक्ष्य पुरा गर्न १२ गाविस ओडिएफको तयारीमा रहेको छ भने  राजनीतिक पार्टीहरुलाई मोविलाईजेसन गर्न सकिरहेका छैन् । पार्टीहरु परिचालन भयो भने लक्ष्य बमोजिम खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने निश्चित नै हो, बताउंनुभयो । 
आईडिका महेश्वर कामतले सरसफाईमा बजारिकरणको कामलाई सक्रियता दिएका छौं , माग बमोजिम रिंग प्यान पुरयाउंदै गरेको भन्दै दलित गरिब एवं सुकुम्बासीहरुलाई ऋणको व्यवस्थामा लागेको बताउंनुभयो । 
नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देवकुमार यादवले सिरहामा सुनको फुली बेचेर चर्पी निर्माणमा लागेको छ भने मिडियाले सक्रियता भूमिका निर्वाह गरिरहेको उदाहरणहरु पेश गनुृभएका थिए ।
नेवाका शंकर दहालले हामीले पडरियालाई पहिलो खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सफल भएका छौं र भोक्राहा गाविस खुल्ला दिशामुक्त क्षेत्रको तयारीमा रहेको छ । र, सन् ०१५ सम्ममा खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने प्रतिबद्धता समेत गर्नुभयो । नेवाको करिब एक करोड बजेटमा ६० प्रतिशत खर्च भइसकेको छ । 
एसएनभी नेपालका अशोक यादवले लक्ष्य बमोजिम काम पुरा हुने प्रतिबद्धता जनाउंदै गरिब दलित एवं सुकुम्बासीहरुलाई जग्गा र चर्पी निर्माणको कार्यमा लागेको बताउंनुभयो । सोहीक्रममा नेपाल रेडक्रस सोसाइटी सिरहा सभापति राजदेव यादवले सिरहा नगरपालिकाप्रति गुनासो गदैं प्रहरी प्रशासनको पनि भूमिका हुनुपर्छ भनी बताउंनुभयो । 
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लहानका इंन्जिनियर कृष्ण साहले पहाडको जनसंख्या कम भएकोले तिब्र गति काम भइरहेको छ भने मधेशमा जनसंख्या धेरै नै भएकोले प्यान पावरको कमिले गर्दा पनि लक्ष्य पुरा गर्न कठिन भइरहेको बताउंनुभयो ।
फेडोका शान्ति पासमानले दलित गरिब एवं सुकुम्वासीको लागि चर्पी निर्माण गर्न सम्बन्धित निकायहरुले बजेट विनियोजित गरी लक्ष्य बमोजिम काम गर्न आग्रह गर्नुभयो । युम्सका विकास पौडेलले लहानको वडा नं.९ र २ चाडैं खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने जानकारी दिनुभयो । युम्सको बजेट ९५ लाख जति थियो त्यसमा ८० प्रतिशत खर्च भइसकेको छ । गोलबजार नगरपालिका र लहान नगरपालिका प्रमुखद्धय राजकुमार दास र कृष्ण कार्कीले लक्ष्य पुरा गर्न सकारात्मक कार्य भइरहेकोले खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने निश्चित रहेको दावी गर्नुभयो । 
खानेपानी तथा सरसफाई  डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्र यादवले दलित गरिब एवं सुकुम्वासीलाई सहयोगको खाचो छ । यसको लागि भिवाससीसीले नै सहयोग गर्दै आइरहेको छ । गाउंको समस्या गाउंबाट नै समाधान गर्नुपर्छ यसको लागि सकारात्मक सोच हुनुपर्छ । यहां दलित ननदलितको सवाल हुंदैन् सबै चर्पी निर्माणमा लाग्नुपर्छ यादवले बताउंनुभयो ।
एनएनभी नेपाल सप्तरीका रामप्रकाश सिंहले सप्तरीमा आन्दोलनको रुपमा चर्पी निर्माण काम भइरहेको छ भने दूई वटा गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको जानकारी दिनुभयो । 
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडाले पारीबाट आएकाहरु युद्धस्तरमा चर्पी बनाइरहेका छन् तर मेरै गाउंलेहरु यसप्रति सक्रियता नदेखाएको गुनासो गर्नुभयो ।
आईडि एवं सानमार्क सप्तरीका आशमा चौधरीले दूई जति प्यान वितरण भइसकेको छ भने अहिले दु्रत गतिमा काम भइहरेको छ । ६ महिना अगाडि हामी ह्रास भएका थिए । बजारीकरणको काम बढी भइरहेको छ भने नगरपालिकाले समस्या गरिरहेको उनी खुलासा गरिन् । 
यूएनहेविटेट सप्तरीका संयोजक हरि बुढाथोकीले लक्ष्य प्राप्तिको लागि सप्तरीमा सकारात्मक माहौल रहेको बताउंनुभयो । सप्तरीको लागि २ करोड बजेट मध्ये ४२ प्रतिशत रकम खर्च भइसकेको समेत उनले जानकारी गराउंनुभयो । 
सेभ द सप्तरीका प्रतिनिधिले समेत आफ्नो विचार राखेका थिए । कार्यक्रममा जेवाससीसी सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता, जिविस सिरहा इन्जिनियर रमेश निधी, महिला शाखाकी शौर्या साह, एसएनभी सप्तरीका कृष्ण जिसीलगायत रहेका थिए । फागुन २७ गते गाईघाटमा खोटागं, ओखलढुंगा, सोलु र उदयपुरका सहभागीहरुमा सरसफाई सम्मेलन भएको थियो । सोहीक्रममा सगरमाथा अंचललाई एकै साथ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सकियो भने ठूलो उपलब्धी हुने बताइएको छ । तर, सिरहा २०१५, सप्तरी २०१६ र उदयपुर २०१५ सम्ममा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य दिएको छ । यहां सरसफाईको सवालमा मधेशको सप्तरीदेखि पार्सासम्मका आठ जिल्लालाई कालो सूचीमा राखिएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता