नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
कला र मनोरञ्जन :
Aug 20, 2016
मधेशका चर्चित कलाकार सङ्गीतको लडेर निधन
 लहान ४ भाद्र । मधेशका चर्चित कलाकार संगित सिंहको विहीवार राति लडेर असामयिक निधन भएको छ । 
सिरहाका तेनुवापट्टी ९ सोहपुर स्थायी घर भएका ३४ वर्षिय सिंहको लहान अस्पताल ल्याउंदै गर्दा बाटोमा नै मृत्यु हो । करिब ६ महिना अघि मोटरसाइकल दुर्घटनामा परि टाउको र ढाडमा गम्भीर चोट लागेर घाइते भई उपचार गराईरहेका थिए । सिंह आफ्ना गाउं सोहपुरबाट दक्षिणतर्फ जादै गर्दा खोक्सी नजिक रहेको झुलोगें पूलमा मोटरसाईकलबाट ओर्लेर हिंडने क्रममा लडेका थिए ।  सिंह लडेर वेहोस हुंदा उनका साथीहरुले स्थानीय स्वास्थ्यकर्मीसंग उपचार गराएका थिए । स्थानीय स्वास्थ्यकर्मीले उनलाई उपचार गर्न असमर्थ भएपछि लहान अस्पताल ल्याउंदै गर्दा बाटोमा नै मृत्यू भएको  उनका निकट स्रोतले बताए ।  घटनाक्रममा उनीसंग दूई जना साथी समेत रहेका थिए । उनले मैथिली फिल्म पिया भेल परदेशीबाट फिल्म क्षेत्रमा प्रवेश गरेका थिए । जियब हम अहिके लेल, भोजपुरीया नायक द वोस, नेपाली फिल्म नशा, लफङ्गासमेत गरी १३ वटा विभिन्न सिनेमाहरुमा अभिनय गरिसकेका छन् । हालै मात्रै उनले अभिनय गरेको ठूलो पर्दाको भोजपुरी फिल्म मजाक प्रदर्शनको तयारीमा रहेको छ । खलपात्रको अभिनय गर्दैआएका उनको गाउँमै दाहसंस्कार गरिएको जनाईएको छ । सिंह संघीय समाजवादी फोरमका सिरहा जिल्ला सदस्य रहेका थिए भने उनलाई फोरमको झण्डा ओढाएर अन्त्येष्टी गरिएको फोरमका दिनेश यादवले बताए । एक छोरा र एक छोरीका पिता सङ्गीतलाई शुक्रवार डेढ वर्षिय छोराले दागवती दिएका छन् । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता