नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Aug 12, 2016
लोडसेडिंगको मारमा सेवाग्राही, विद्युत घेराउको तयारी
  लहान २७ साउन । सधैं लोडसेडिंग घटाउंने सूचना आउंछन् । तर, सेवाग्राही कहिले लोडसेडिंगबाट मुक्त पाउंदैन् । यसमा पनि यो प्रचण्ड गर्मीको समयमा राती नै विद्युत काटेर सेवाग्राहीलाई पीडा दिने गर्छन् । लोडसेडिंग घटाउंनुको साटो बढाउंने गरेकोले लहानका जनता आक्रोशित भएका छन् । 
करिब तीन दिनदेखि विद्युतको रवैयाले जनता सास्ती खेप्दै आएको छ । सेवाग्राहीले पीडा खेप्न नसकेर यत्तिबेला फेसबुक मार्फत लोडसेडिंग विरुद्ध आन्दोलनको तयारीमा जुटेका छन् । लहान ७ का राकेश गुप्ता रोशनले समाजिक संजाल फेसबुकमा लेख्छन् — लहानमा राती राती हुने अनावश्यक लोडसेडिंगको विरुद्धमा साउन २८ गते बेलुका ५ देखि ६ बजेको बीच विद्युत कार्यालय घेराउ कार्यक्रममा सहभागी बनौं भनी युवा नागरिक समाज लहानमार्फत आव्हान गरेका छन् । 
फेसबुकमा राकेश गुप्ताले लेखिएको स्टाटसमा दर्जनौले कमेन्ट गर्दै भने आन्दोलनको लागि हामी तयार छौं । कमेन्टमा राज शर्मा लेख्छन् —विद्युत कार्यालयले राती फोन समेत उठाउंदैन् । लोडसेडिंगबारे भनियो भने फोन नै काटिदिन्छ । लोडसेडिंगले सेवाग्राही मारमा छन् । यसमा पनि विद्युत प्राधिकरण लहान शाखामा सम्पर्क गर्दा फोन उठाउंने कर्मचारीहरुले उल्टो बांगो भाषा प्रयोग गर्दै आएको छ । 
हिजो विहानको लोडसेडिंगको बेला ०३३५६०१०० मा फोन गरेर एक मिडियाकर्मी सोधे लाईन कति बेला आउंला ? लहान विद्युतका कर्मचारी फोनमै भने आठ घण्टा पछि ,बुझ्नु भएन राती आठ बजे मात्रै लाईन आउंने हो । त्यति भन्दै फोन काटियो । आठ घण्टा भनिएपनि आधा घण्टामै लाईन आयो । लामो लोडसेडिंगको कारण लहान स्थित रहेको रेडियो स्टेशन, अफसेट, कार्यालयहरु, कलकारखाना, उद्योगलगायत सबै प्रभावित भएको छ । इन्भटरको प्रयोग गर्नेले एक आध घण्टा लोडसेडिंगमा पनि काम गर्छन् । तर तीन घण्टाको लाईनले बैट्री नै फूल चार्ज नहुने भएकोले इन्भटर पनि काम गर्न छाडेको अधिकांशको जनगुनासो रहेको छ । यसमा पनि मजदुरी गरेर जीवन पाल्ने सिटी रिक्शावालहरुको विजोग नै छ । राती ८ घण्टासम्म चार्ज हुने रिक्शाको बैट्री ३ घण्टामा के नै होला ? आधा चार्जले रिक्शा चलाएर समस्या खेप्दै आएका छन् यहांका सिटी रिक्शावालहरु । लोडसेडिंगवारे लहान विद्युत प्राधिकरणका प्रमुखलाई सम्पर्क गर्दा फोन उठाउंनु हुन् । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी