नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
स्थानीय समाचार :
Aug 09, 2016
फितलो गस्ति, लहानमा गिट्टी वालुवा ढुवानी यथावत
 लहान २५ साउन । सरकारले केही समयको लागि खोलाबाट गिट्टी बालुवा उत्खनन गर्न रोक लगाएपनि राती चोरेर विक्री गर्ने कार्य यथावत नै रहेको छ । गिट्टी वालुवामा रोक लगाएपनि लहानको खुटटी खोलाबाट राती राती सयौं ट्रायक्टर गिटटी बालुवा उत्खनन् भएर बाहिर जाने गरेको लहानका संचारकर्मी राजेश विद्रोही बताउंछन् । विद्रोही अगाडि थप्छन् — ‘म बसेको छेउमा खोला छ,रातभरी ट्रायक्टरको आवाजले राम्ररी सुत्न दिएको छैन् ।’ ‘केही समयको लागि गिट्टी बालुवा खोलाबाट बाहिर लैजान रोक लगाएपनि ट्रायक्टरवालाहरुले जोखिम बोकेर लगेकै छन् ।’ राती चोरी गरेर भएपनि खुट्टी खोलाबाट गिट्टी बालुवा बाहिर गइरहेको छ । व्यावसायहरुले पनि ट्रायक्टर ऋणमा लिएको कारण जोखिम उठाएर ढुवानी गरिरहेको छ । लहान ५ का महमुद आलम भन्छन् — घर निर्माण जारी छ । कहांबाट गिटट्ी वालुवा ल्याउंनु ? तर, एक हजार पर्ने प्रति ट्रायक्टरको अहिले ३ हजारसम्ममा वालुवा घरमै पुरयाईदिने गरेको छ । जोखिम काम गर्ने ढुवानीकर्तालाई बढी रकम तिर्नु नै पर्छ । ’ उता, लहान १० का एक ढुवानीकर्ता भन्छन् — के गर्नु पेट पाल्नु छ । आम्दानी पहिले जस्तै यथावत नै छ ।’ ‘राती जोखिम काम गरेर अलि बढी दरमा गिट्टी वालुवा बेच्नु पर्ने बाध्यता नै हो । ’ प्रहरीले कहिलेकांही एक आध वालुवा गिट्टीको ट्रायक्टर नियन्त्रण लिएकै छ । वालुवा गिट्टीका ट्रायक्टर नियन्त्रणमा लिएपछि ढुवानीकर्ताले प्रहरीलाई भने गर्छन् — यो संकलन गरिएको बालुवा गिट्टी हो । यो अवैद्य नरहेको दावी गर्छन् । प्रहरीले विशेष खोज अनुसन्धान पश्चात आधा दर्जन ट्रायक्टर नियन्त्रण लिएको छ । तर राती खोलामा प्रहरीको फितलो गस्ती भएकोले लुकीछिपी ढुवानी जारी रहेको छ । उता, सप्तरी प्रहरीले अवैध तरीकाबाट बालुवा लोड गरि ल्याउदै गरेको एक ट्रयाक्टरलाई आज नियन्त्रणमा लिएको छ । स १ त ३९१९ नम्बरको टयाक्टरमा अबैद्य रुपमा बालुवा लोड गरि ल्याउँदै गर्दा खटिएको प्रहरी गस्ति टोलीले चेकजाँचमा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । 
नियन्त्रणमा लिएको ट्रयाक्टरसहित बालुवा जिल्ला बिकास समितिको कार्यालय सप्तरी राजबिराजमा बुझाईएको प्रहरीले जनाएको छ । त्यस्तै , सुनसरीको बक्लौरी ७ स्थित सेउरी खोलाबाट अवैध बालुवासहित तीन वटा नियन्त्रणमा लिइएको छ ।
इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको गस्ती टोलीले खोलाबाट बालुवा झिक्दै गरेको अवस्थामा ना ५ त ९०९, को २ त ११३३ र को २ त ३७६९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
बालुवासहित तीनै वटा ट्याक्टरहरुलाई आवश्यक कारवाहीकालागि जिल्ला विकास समितीमा बुझाइएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता