लहान ३ साउन । मधेशको माग पूरा नभएसम्म सरकारमा यदि गयो भने म सद्भावना पार्टी छोड्ने प्रतिबद्धता नवलकिशोर साहले गर्नुभयो ।
आज सिरहाको लहानमा केन्द्रीयस्तरको जिल्ला बैठकका प्रमुख अतिथी रहनुभएका सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष नवलकिशोर साहले मधेशी जनताको मागलाई पूरा गराउंन सयौं सहिद भए तर मधेशको माग पूरा नभएका अवस्थामा सरकारमा जानु दुर्भाग्य रहेको बताउंनुभयो ।
उहां साहले हाम्रो पार्टीभित्र केही सभासद्ले सरकारमा जान वक्तव्यवाजी गरिरहेको छ , यस्ता नेताप्रति पार्टीले कुनै किसिमको जिम्मेवारी नगर्न अनुरोध गर्दै भनुभयो —मधेशको माग पूरा नभएसम्म सरकारमा हाम्रो पार्टी गयो भने म सबैभन्दा पहिले राजिनामा दिने बताउंनुभयो । सिरहाको पार्टीे संगठन र पार्टी कार्यालय व्यवस्थापनको लागि लामो छलफल भएको थियो भने केन्द्रीय सदस्यको लागि महमुद आलम, पूर्वमन्त्री लक्ष्मण मेहता र रामबल्ब साहलाई सो बैठकले सिफारिस गरिएको छ । साथै साउन ८ गते गोलबजारमा जिल्लाको विस्तारित बैठक गर्ने निर्णय गरेको छ । सो जिल्लास्तरीय केन्द्रीय बैठक पार्टीका सहमहासचिव राजकुमार गुप्ता (राजु) का सभाध्यक्षतामा बसेको थियो भने कार्यक्रम संचालन रामबहादुर महतोले गर्नुभएको थियो ।