नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jun 19, 2016
संघीयता विना देश चल्दैन ः डा.विष्ट
 लहान, ४ जेठ । संघीयता विना देश चल्दैन, अब संघीयताको सवालमा पछाडि नहटने भन्दै मिडियाले यसमा  समाधानको सम्वाद गर्नुपर्ने नेपाल पत्रकार महासंघ केन्द्रीयका अध्यक्ष डा.महेन्द्र विष्टले बताउंनुभयो ।
स्थानीय सञ्चार माध्यम र पत्रकार आचारसंहिता विषयक छलफलमा आज लहानमा भएको सो कार्यक्रममा उहां विष्टले परिवर्तनलाई संस्थागत गर्न, लोकतन्त्रलाई अभ्यास, गणतन्त्रलाई संस्थागत गर्न र संघीयताको जटिलतालाई समाधान गर्न पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताउंनुभयो । 
नेपाल पत्रकार महासंघ सिरहा र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा अध्यक्ष विष्टले समावेशिलाई व्यवस्थापन गर्न जोड दिंदै समान सहभागिताको लागि कसरी अगाडि बढ्ने ? भूगोल—जातजातीलाई न्यूज रुममा कसरी सहभागी गराउंन सकिन्छ ? यसको लागि कसरत गर्नुपर्ने बताउंनुभयो । 
कार्यक्रममा मधेश मिडिया मिशन नेपालका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सिरहा निवर्तमान अध्यक्ष दिनेश्वर गुप्ताले मोफसलका भन्दा काठमाण्डौंका सञ्चार माध्यमले बढी आचार संहिता उलंघन गर्दै आएको बताउंनुभयो । 
यसैगरी, प्रेस काउन्सिलका सदस्य चन्द्रदेव कामती, नेपाल पत्रकार महासंघ सिरहाका पूर्व अध्यक्ष रमानन्द गुप्ता, प्रेस युनियनका सन्तोष सुवेदी,  क्रान्तिकारी पत्रकार केन्द्रका हिरालाल चौधरी, प्रेस मञ्च सिरहा अध्यक्ष मनोज बनैतालगायतका मन्तव्य राख्नुभएका थिए । नेपाल पत्रकार महासंघ सिरहा अध्यक्ष देवकुमार यादवका सभाध्यक्षतामा भएको सो कार्यक्रमको संचालन रिंकु दासले गर्नुभएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी