लहान, ४ असार । संचार कानुन सम्बन्धि दुई दिने तालिम रौतहटमा सम्पन्न भएको छ । मधेस मिडिया मिसन नेपालको आयोजनामा शुक्रबारदेखि शुरु भएको दुई दिने तालिम शनिवार सम्पन्न भएको हो । सो तालिममा विभिन्न जिल्लाका दुई दर्जन पत्रकार सहभागि थिए । मिसन रौतहटका अध्यक्ष शैलेन्द्र झाका सभाध्यक्षतामा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष शैलेनद्र गुप्ताको प्रमुख अतिथ्यमा कार्यक्रम ससम्पन्न भएको हो । सहभागिहरुलाई समापन कार्यक्रममा प्रमाणपत्रसमेत वितरण गरिएको सिरहाबाट तालिममा सहभागि पत्रकार नरेश बरबरियाले जानकारी दिएका छन् । अचारसंहिता भित्र रहेर सत्य तथ्य तथा निष्पक्ष समाचार लेखन तथा सम्प्रेशन गर्ने उद्देश्य सहित तालिम दिएको आयोजकले जनाएको छ ।