नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Mar 12, 2015
मधेशमा पनि बुढानिलकण्ठस्तरीय विद्यालय, रक्सी चुरोट नखाएकै कारण बन्न पाए सभासद्
लहान ,२७ फागुन । सरकारी सुविधाबाट देशको एउटा विद्यालय बुढानिलकण्ठलाई बढावा दिएर हुंदैन् । यस्तो आवासीय विद्यालय मधेशतराईमा पनि हुनुपर्छ । यसको लागि शिक्षा मन्त्रालयले गृह कार्य शुरु गरेको छ, जसमा सबै वर्गका विद्यार्थीले शिक्षा आर्जन गर्न पाउंछन् शिक्षा मन्त्री चित्रलेखा यादवले बताउंनुभयो ।
    लहानमा सगरमाथा अञ्चलस्तरीय उच्च माध्यमिक शिक्षा परिषद्को कार्यालय बुधबार उद्घाटन गर्दै शिक्षा मन्त्री यादवले शिक्षा सुध्रिए देश सुध्रिन्छ, शिक्षा विग्रियो देश विग्रिन्छ’ यसैले शिक्षाक्षेत्रमा रहेको असामनता र शैक्षिक कम सूचानकलाई समाधानतर्फ लैजान शिक्षक,अभिभावक र विद्यार्थीलगायत सबैको जिम्मेवार हो यसलाई इमान्दारीका साथ वहन गर्नुपर्ने उहांले बताउंनुभयो ।
    मन्त्री यादवले ‘यत्तिबेला शिक्षामा सबै भन्दा बढी चुनौती समयमा नतिजा नआउंनु हो । यसको समाधानको लागि  बार्षिक क्यालेन्डर बनाएर काम गर्नुपर्छ । र कुनै पनि वहानामा कर्मचारीतन्त्रले नतिजा सार्वजनिकमा ढिलाई गर्न पाईने छैन् ।’ बताउंनुभयो ।
    जहां जांदा भवन निर्माणको माग हुन्छन् । र, आकर्षक भौतिक (भवन) संचारनाले मात्र गुणस्तीय शिक्षाको प्रतिवद्धता पुरा नहुने भन्दै मन्त्री यादवले पढाई आकर्षक बनाउँनु पर्ने बताउंनुभयो । मधेशतराईका आठ जिल्लाको शैक्षिक अवस्थाको अनुभुती जोड्दै मन्त्री यादवले धेरै आकर्षक भवन भएका विद्यालयहरुमा विद्यार्थी संख्या न्युन हुदै गएको छ, जसले पढाईको गुणस्तर खस्किदै अवस्थामा छन् ।
    मन्त्री यादवले गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि शिक्षा मन्त्रालयले आफनो रणनीतिक योजना तयार गरी जिल्ला स्तरमा अनुगमन गर्ने निकायलाई जिम्मेवारी दिइसकेको जानकारी दिनुभयो ।
    कार्यक्रममा सभासद् रामचन्द्र यादवले ‘आजभोली केही विद्यार्थी कुलतमा लागेका छन् ,उनीहरुमा सुधार ल्याउंनुपर्छ भन्दै हाम्रो पालामा यस्ता कुलतका रक्सी, चुरोटलगायत कुरा कद्दापी हुंदैन्थ्यो । आजका विद्यार्थीहरु यस्ता कुलतमा लागेकोले मधेशमा विद्यार्थी, अभिभावक र शिक्षकहरु सचेतनाको कार्यक्रम चलाउंनुपर्ने आवश्यकता रहेको बताउंनुभयो ।
    सोही कार्यक्रममा अर्का सभासद् मो.मुक्तारले आफु विद्यार्थी नेता थिए आजसम्म रक्सी चुरोट नखाएकै कारण सभासद् बन्न पाएको उदाहरण दिंदै आजको विद्यार्थी भोलीका कर्णधार अर्थात मन्त्री, डाक्टर, इन्जीनियर, सभासद् बन्ने पालो यहीका विद्यार्थीहरुको जिम्मेवारी हो भनी बताउंनुभयो ।
    कार्यक्रममा सफ्टेक कांलेजका फाउन्डर प्रिन्सपल डा. महादेव साह,उच्च माध्यमिक परिषदका सदस्य सचिव नारायण कोइरालाले उच्च माध्यमिक शिक्षा परिषद मातहतका कार्यालयवाट प्रदान  हुने सेवा सुविधा दिनका लागि प्रतिबद्ध रहेको  वताउनुभयो ।
    कार्यक्रममा शिक्षा विद् तथा लोक सेवा आयोगका पुर्व सदस्य डा.श्रीकृष्ण यादव,शिक्षा परिषदका कार्यालय प्रमुख,शिक्षा अधिकारी, राजनीतिक दलका प्रतिनिधि, प्रध्यापक, विधार्थी, संचारकर्मी लगायतको उपस्थिती रहेको उच्च माध्यमिक शिक्षा परिषद लहानका कार्यालय प्रमुख लक्ष्मण अधिकारीे जानकारी दिनुभयो । साथै उच्च माध्यमिक शिक्षा परिषद शाखा लहानले शिक्षा मन्त्री यादवलाई मायाको चिनो प्रदान गरेको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता