नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jun 15, 2016
लहान नपाले पोखरी संरक्षणका साथै पानी सिञ्चित गर्न सक्रिय
  लहान, ३२ जेठ । लहान नगरपालिका भित्र रहेको साना, मझौला र ठूला पोखरी तथा डबरालाई संरक्षण गर्ने उद्देश्यले ठेक्कामा दिइएको छ ।
नगरपालिका भित्र रहेको ५५ पोखरी र केही साना पोखरी (डबरा) लाई समेत ठेक्कामा दिएर आय स्रोतको बाटो खोलेको छ । लहानको २२ वटा वडामा रहेको यस किसिमको पोखरी तथा डबरा जेठ ३१ गते न्यूनत्तम १५ हजार र बढोत्तरी साढे ५ लाखसम्ममा ठेक्का लागेको लहान नगरपालिकाका कार्यकारी अधिकृत शेरे मुस्तफाले बताउंनुभयो ।
अधिकृत शेरे मुस्तफाले — ‘आय स्रोतको लागि मात्रै नभई नगरक्षेत्र भित्र रहेको सार्वजनिक जग्गा जो खानेपानीको स्रोत पनि हो ।’ ‘यसलाई संरक्षण गर्ने काम भएको हो । पोखरी संरक्षणले बर्षाको पानीलाई पृथ्वीमा सिञ्चित (रिचार्ज) गर्ने काममा समेत सहयोग पुग्ने भएको छ ।’ उहांले बताउंनुभयो । 
पोखरी संरक्षण लगाएपछि नगरपालिकालाई तीन बर्षमा लगभग एक करोड रकम संकलन हुने भएको छ । हालसम्म ठेक्कामा लगाएको पोखरीबाट लहान नगरपालिकालाई बर्षेनी ३० लाख आम्दानी हुने भएको छ । विगतमा साना पोखरी (डबरा)हरु अतिक्रमण हुंदै पानी रिचार्ज हुने ठाउं मासिदै आएको थियो । 
अन्धाधुन्ध सहरीकरण भएको कारण पोखरी मासिने काम भइरहेको अवस्थामा लहान नगरपालिकाले यस बर्षदेखि संरक्षण अभियानको रुपमा अगाडि बढाइएको छ । पानी पिउनको लागि जमिन मुनिको पानी निकाल्ने काम भयो, भर्ने काम भएन् । वर्षाको पानी सङ्कलन गर्न पुराना मानिसले ठाउँठाउँमा पानी पोखरी बनाएका थिए, पानी ’रिचार्ज’ हुन्थ्यो । आवश्यकताअनुसार पोखरीको पानी प्रयोग हुन्थ्यो । आज  जमीनमुनिको पानीको सतह बढाउने स्वदेशी र विदेशी उत्प्रेरणा एवम् ज्ञान पाएर भूमिगत पानी ’रिचार्ज’ अभियान थालिरहेको वातावरण जानकार किरण राय बताउंछन् । 
यसैबीच, लहानको देवीदह संरक्षण अर्थात ठेक्का प्रक्रियामा ६० उपभोक्ता र ४० प्रतिशत नगरपालिकाको स्वमित्व रहने भएपनि त्यहांका उपभोक्ताले एकलौटी प्रयोग गरिरहेको छ । यसप्रति  लहान नगरपालिकाले कानुनी प्रक्रिया अगाडि बढाउंने तयारीमा रहेको नगरपालिका स्रोत बताउंछन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता