नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jun 08, 2016
प्रहरी महानिरीक्षक उपेन्द्रकान्तका गाउंमा लुटपाट मच्चाउंने सार्वजनिक हुंदै
  दिनेश्वर गुप्ता .
लहान २५ जेठ । जतिबेला प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको गाउँ जिवामा बैशाख ३१ गते राती डकैती भयो । पूर्वका प्रहरीहरुको निन्द हराम भयो । अनुसन्धान कडा थालियो । प्रमुख प्रहरी कार्यालय काठमाण्डौंको फोन प्रहरी विटहरुमा निरन्तर आउंन थालियो । अधिकांश जनता यत्तिसम्म भन्न थालियो ‘प्रहरीकै मिलीभगतमा डकैती भएको हो ।’ यसमा भारतीय डाकाहरुको प्रयोग भएको दावी समेत गरिरहेको देखियो । 
तर, छिमेकीको पहल विना कुनै घटना नहुने गरेको यथार्थ हुंदोरहेको छ । ताजै घटना बाराको पनि हो । उद्योगी सुरेश केडियालाई भारतीय अपहरकारीहरुले २० करोड रकम लिनको लागि स्थानीयहरुको प्रयोग भएको नाम आज सार्वजनिक भएको छ । जेठ १३ गते भएको अपहरणमा  नेपाल विद्यार्थी संघका वर्तमान केन्द्रीय सदस्य वीरेन्द्र यादव, कांग्रेस क्रियाशिल सदस्य जियालाल यादव, पुष्कर सिंह, चन्चल पाण्डे लगायतका ९ जनालाई पक्राउ गरिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।  तर, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त आर्यालको गाउंमा भएको घटनाका डांकाहरुलाई आज २५ दिनमा  मिर्चैया प्रहरी जेठ २६ गते सार्वजनिक गर्दै छन् । यि डांकाहरु नेपालकै रहेको एक स्रोतको दावी छ । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित तीन घरमा बैशाख ३१ गते डकैती भएको थियो  । करिब दशजनाको समूहमा आएका नकावधारी समूहले बम विस्फोट गराउँदै स्थानीयवासीलाई त्रसित बनाएर डकैती गरेका थिए ।
मिर्चैया नगरपालिका– ७ का राजाराम यादव, रामेश्वर यादव र मीरा पोखरेलको घरबाट डाँकाहरुले अन्दाजी रु १० लाखभन्दा बढीको सम्पत्ति लुटेर लगेको थियो । 
घटना इलाका प्रहरी कार्यालय मिर्चैयाबाट एक किलो मिटरको दुरीमा घटनास्थल पर्छ । तर समयमा प्रहरी घटनास्थल नपुगेपछि डाँका लुटपाट गरी भाग्न सफल भएको स्थानीयवासी बताउँछन् । घटनास्थल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त आर्यालको घर भन्दा करिब २ सय मिटर दूरीमा मात्र रहेको छ । बम पड्काउंदै लुटपाट गरिएको थियो भने डाँकाको प्रतिकार गर्दा स्थानीय ललितादेवी यादव घाइते भएकी थिइन् । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी