नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jun 03, 2016
नखाएको विष लागेपछि,कृषि विकास बैंक लहानको लापरवाही
  लहान २१ जेठ । ‘नखाएको विष लागेपछि’ छट्पटि त निकै नै हुने भयो । यो पीडाको कहर विष्णुनारायण कुशवाहा एग्रोभेटका प्रो.सत्यनारायण महतोको हो । उनले भने ‘कृषि खेतीको लागि ऋण लिएपनि म माथी ट्रायक्टरको ऋण देखाएर जग्गा लिलामी गर्न लगायो ।’ ‘लिलामी बापत मेरो खत्ताबाट १४ हजार ८ सय १५ रुपैयां खर्च काटियो ।’ त्यति मात्रै हैन् १० लाख लिएको ऋणबाट कृषि विकास बैंकले २०७२ माघ २२ गते बैंककै कर्मचारी विश्वनाथ साहको नाममा रहेको खात्तामा ३ लाख ट्रान्फर गरिएको छ ।’ खात्तामा रहेको रकम झिक्न जांदा महतोबाट बैंकले भुक्तानी दिए । तर, बैंकले केही छिनमै रकम फिर्ता लिए । यसवारेऋणि महतोले सोधपुछ गर्दा बैंक कर्मचारीले भने ‘तपाईंको खात्ता लक छ ।’ महतोले बैंक कर्मचारी विश्वनाथ साहसंग सम्पर्क गर्न जांदा बैंक कर्मचारी साहले भने ‘काठमाण्डौं पत्राचार गरेको छु, केही दिनपछि टेकनिसियन आएपछि लक खुल्छ ।’ ‘मलाई एक महिनासम्म आलटाल गरियो तर रकम दिएन् ।’
महिनौसम्म आलटाल गरेपछि महतो बैंकका प्रबन्धक अम्बे साहसंग हारगुहार गरेपछि प्रबन्धक साहले भने ‘तपाईंको पैसा विश्वनाथ साहले व्यक्तिगत निकालिएको हो ।’ जब खात्ताबाट रकम निकाल्नको लागि प्रबन्धक र लेखापालको हस्ताक्षर सहितको सहमति चाहिन्छ । यहां लक भएको खात्ताबाट कसरी ३ लाख निस्कियो भनी रहस्मय बनेको छ ? 
ऋणि महतोले आफुमाथी अन्याय भएको भन्दै कृषि विकास बैंक क्षेत्रीय कार्यालय राजविराज सप्तरीमा छानविन गरी दोषीलाई कडा कारवाही गरी पाउंवारे निवेदन दिएको दुई सत्ता भएको छ । सो क्षेत्रीय कार्यालयका प्रमुख धनुधारी महतोले ऋणिको न्यायोचित्त क्षतिपूर्तीवारे आलटाल गरिरहेको ऋणि महतोको गुनासो छ । जहां ऋणि महतोलाई कृषि विकास बैंक लहानले असल ऋणि भनेर २०६४ भदौं १ गते ग्रिन कार्ड दिएको छ ।
महतोले २०५० सालमा कृषि विकास बैंक शाखा कार्यालय लहानबाट हाईपो अन्तर्गत २ लाख ऋण लिएर कारोबार गरिरहेका थिए । कारोबार अन्तर्गत महतो थप एक लाख रकम लिएर किस्ता बमोजिम बैंकलाई रकम चुक्ता गरियो । यता,०६९ साउन ३० गते फेरी ५ लाख रकम लिएर कारोबार गर्दै आएका महतोले थप ५ लाख रकम गरी १० लाख ऋण लिएर कारोबार गर्दै आएका थिए । सोही १० लाखबाट ३ लाख झिक्न जांदा बैंक कर्मचारीको लापरवाही स्पष्ट भएको छ । थप ऋण लिने बेला कृषि विकास बैंकका कर्मचारीले ऋणि महतोबाट कमिशन वापत ३ प्रतिशत माग गरेका थिए । तर, एक रुपैयां घुस नदिएको कारण असल ऋणि रहेका महतोलाई ओझेलमा पारेको छ । यहां बैंकका कर्मचारीले गर्दै आएको अमर्यादित क्रियाकलापप्रति सम्बन्धित निकाय किन मौन छन् त ? बैंकलाई अप्ठ्यारोमा पार्ने ति कर्मचारीलाई कारवाही नभए भोली यस्तो अमर्यादित क्रियाकलापको बढोत्तरी यथावत नै रहने स्वास्थ्यकर्मी जयनारायण यादव बताउंछन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी