लाहान, ११ जेठ । प्रचण्डको एमाओवादी पार्टी ठूलो भैसकियो त्यो भ्रम हो । भारत, अमेरिकालगायतको सबै भाइरस पसिसकियो अब प्रचण्ड प्रतिगामी हुन् बैद्य माओवादीका नेता सिपी गजुरेलले बताउंनुभयो ।
मंगलवार देश दौडहाको क्रममा बैद्य नेतृत्वका नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले लहानमा पत्रकार सम्मेलन गर्दै कम्युनिष्ट र वामपन्थी मोर्चा अलग अलग रहेकोले वर्ग संघर्षको सवालमा मधेशवादी दलहरुले उठाइएको मुद्दा जायज हो उहांले बताउंनुभयो ।
प्रचण्डले गरिएको कम्युनिष्ट एकता एक तिरले दूई शिकार गरेको भन्दै मातृका, वादलजस्ता नेता समाप्त पार्ने काम भएको हो । यसमा ठूलो षड्न्त्र मात्रै हो एकीकरण नभएको उहां गजुरेलले दावी गर्नुभयो ।
एकीकरणमा हरियो घांस देखाइएको हो । तिनीहरु बाख्रा जस्तै प्रचण्डसंग गएको भन्दै नेता गजुरेलले हाम्रो पार्टीमा रहेका पात कसिंगर, धुलो फोहोर प्रचण्डसंग लागियो । हामी विशेष धातुका बनेका हौं त्यो रहिरन्छ । अब शुद्धिकरण भएको पार्टीले जनता मुक्तिको लागि निरन्तर लडिरहने उहां गजुरेलले बताउंनुभयो ।
पत्रकार सम्मेलनमा गजुरेलले नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीसँग पार्टी एकता नभएपनि विप्लवको केही एजेण्डामा असहमति रहंदापनि कार्यगत एकता गरी अघि बढ्ने बताउंनुभयो ।
कार्यक्रममा माओवादी क्रान्तिकारीका लहान नगर अध्यक्ष विजय गुप्ता, सुरेन्द्र साह, उमेश साहलगायतको उपस्थिति रहेको थियो ।