नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
May 11, 2016
मापदण्ड अनुरुप सिरहाका सबै अस्पताल बन्द गर्ने अवस्था, निकाय मौन
 लहान २९ वैशाख । भूकम्प प्रतिरोधक भवनको प्रमाणित आधारमा अस्पताल दर्ता गर्ने अडान लिएका जिल्ला स्वास्थ्य कार्यालय सिरहाले आज अनुगमन गरेको छ । स्वास्थ्य कार्यालय सिरहाले विगत लामो समय अगाडि नै लहान, गोलबजार, मिर्चैया लगायतका अस्पतालहरुबाट दर्ताको लागि आवेदन लिएको थियो । आवेदक अस्पतालहरुमा पटक पटक निरिक्षण समेत गरिसकेपछि भूकम्प प्रतिरोधक प्रमाण जुटाएमा मात्रै दर्ता गर्ने अडान लिएको हो । एक आवेदक अस्पतालपक्षले भने जिल्ला स्वास्थ्य कार्यालयको आश्वासनमा मात्रै हामीले अस्पताल संचालन गर्दै आएको हुं ।’ तर, हाकिम साहेवलाई के पुगेन् एकतीर अस्पताल संचालन गर्न भने अर्कोतीर बन्द गराएको छ ।’ स्वास्थ्य मंचका जयनारायण यादव भन्छन् — स्वास्थ्य सेवा सबैको लागि हो । यसमा अस्पताल बन्द गराउंनु ठूलो डिमान्डको खेल त होइन् । यसप्रति हाम्रो संगठन घोर निन्दा गर्छन् । अस्पताल बन्द गर्नको लागि सम्बन्धित निकायले अल्टीमेटम दिनुपर्ने हो । एकाएक बन्द गर्न पाईदैन् मंचका यादव बताउंछन् । नियमसमत सिरहा जिल्लाको सबै अस्पताल बन्द गर्नुपर्ने  अवस्था छ । भूकम्प प्रतिरोधक अस्पताल सिरहा जिल्ला अस्पताल समेत नरहेको र दर्ता भएका अस्पतालहरु समेत नविकरण नगरिएकोले बन्द गर्नुपर्ने हो ।सिरहाका एक दर्जन जति  अस्पतालहरु बन्द गराईएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख दयाशंकर लाल कर्णले बताए । सिरहाको लहान, गोलबजार र मिर्चैयामा गरिएको अनुगमनको क्रममा बिना दर्ताले संचालनमा रहेका अस्पालहरुलाई बन्द गराईएको उनले बताए । त्रिदेब अस्पताल लहान, लिलामदन अस्पताल, जिनिस अस्पताल, शिवगंगा वाल अस्पताल लहान, गुरुकुल अस्पताल लहान, श्रीराम अस्पताल गोलबजार त्यस्तै, मिर्चैयाको मंगलम अस्पताल, ग्लोबल अस्पताल, आर्य सिटी अस्पताल र एम एम अस्पतालको साथै जिल्लामा अबैध रुपमा संचालनमा रहेका एक दर्जन भन्दा बढी अस्पतालहरुलाई बन्द गराईएको प्रमुख कर्णले बताए । बन्द गराईएका अस्पतालहरुलाई दर्ताको साथै सम्पुर्ण कागजी प्रक्रिया नपुर्याउनजेल संचालन नगर्न निर्देशन समेत दिईएको छ । बन्द गराईएका अस्पतालहरुलाई निगरानी गर्नका लागि प्रहरीलाई जिम्मा दिइएको छ । अनुगमन टोली आउँदै गरेको खबर पाएपछि केहि अबैध अस्पतालका संचालकहरुले अस्पताल बन्द गरि फरार भएका थिए । अबैध रुपमा संचालनमा रहेका अस्पतालहरुलाई अनुगमन गर्न निरन्तरता दिने सिरहाका प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धरले बताए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता