नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Apr 30, 2016
लहान प्रमुख शेरे मुस्ताफा सरसफाईंको लागि घरदैलो गर्दै
 लहान १७ वैशाख । लहान नगरपालिकाले आजदेखि सरसफाईलाई मध्यनजर गरी घरदैलो कार्यक्रम गर्न थालिएको छ । 


लहान नगरपालिकाका कार्यकारी अधिकृत शेरे मुस्ताफाका विशेष पहलमा आज लहान ७ , ६ र ८ स्थित रहेको पसलहरुमा पुगेर सरसफाई सम्बन्धि सचेतना जगाउंदै घरदैलो कार्यक्रम गरेका छन् ।  नगरपालिकाका प्रमुख मुस्ताफासहित दुई दर्जन कर्मचारी, पत्रकार, नागरिक समाजका अगुवाहरुको सो टोलीले पसलको अगाडि डसविन राख्न स्थानीयवासीहरुलाई आग्रह गर्नुभएका छन् । 
नगरपालिका प्रमुख मुस्ताफाले ‘तपाईंहरुको घर पसल सफासुग्घर राख्नुस् ,आफ्नो पसलको अगाडि प्लाष्टिक, कागतका टुक्रालगायत फोहर कसिंगरहरु त्यो डस्विनमा राख्नुस् । ‘नगरपालिकाको गाडि आउंछन् तपाईंहरुको सबै फोहोर लिएर जान्छन् ।’ भनी पसल पसलमा गएर नगर प्रमुख मुस्ताफाले आग्रह गर्नुभएका छन् । 


नगरपालिकाले घरदैलो कार्यक्रम गरी पसले र घरमुलीलाई सचेतना गर्दै जाने भएको छ भने अर्को पटक यस्तो फोहोर देखिएमा जरिवाना लिने समेत नगरपालिकाका इंजिनियर शत्रुधन चौधरीले बताएका छन् । घरदैलो कार्यक्रमकै क्रममा मोर्डन टेलर्सका जाकीर अलिले भने सरसफाईप्रति नगरपालिकाले देखाइएको चासो राम्रो हो । तर, हामीले फोहोर, प्लाष्टिक तथा कागत कसिंगर संकलन गरेर जम्मा गरिएपनि समयमा व्यवस्थापन नभएकोले सो कार्यक्रम सवल हुन नसकेको हो उनी दावी गर्छन् । लहान नगरपालिकाका टोलीले आज एक सय बढी पसल तथा घरमा गएर सरफाई सम्बन्धि र प्लाष्टिक व्यवस्थापन गर्न आग्रह गरेका छन् । लहान नगरपालिकालाई गत बर्ष नै प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिएको छ । लहान नगरपालिकालगायत सिरहा जिल्लालाई सन् २०१६ सम्ममा खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको छ । लक्ष्य अनुरुप लहानमा हालसम्म ८५ प्रतिशत घरमा चर्पी निर्माण भइसकेको छ भने बांकी घरमा चर्पी निर्माणको लागि सचेतना कार्यक्रम जारी रहेको छ । 













प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता