नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Mar 09, 2015
मधेशमा पनि स्वाइन फ्लु,लहानबाट एक रेफर
 लहान,२५ फागुन । स्वाइन फ्लु भित्रिन नदिन सिरहामा स्थापना गरिएको हेल्थ डेक्सबाट शङ्कास्पद फेला नपरे पनि लहानमा एक जना फेला परेको खुलासा भएको छ । लहानको राउ स्मारक अस्पताल लहानमा उपचारको लागि  आएका एक अधबैंसे व्यक्तिलाई स्वास्थ्यकर्मीले शंकास्पद रहेको भनी उनलाई काठमाण्डौं रेफर गरिएको छ । स्वास्थ्यकर्मीले उनको नाम भने गोप्य राखिएको छ । उता, भारतको सीमाक्षेत्रमा रहेको हेल्थ डेक्सले नमुना सङ्कलन गरी परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालय सिरहा पठाउंने गरेको छ । लहान अस्पतालमा शंकास्पद गरिएका विरामीलाई निगरानीमा राख्न र आवश्यक परे सजिलो होस् भन्ने उद्देश्यले नाम, ठेगाना तथा सम्पर्क नम्बरसमेत अस्पतालले गोप्य रुपमा राखेको जनाएको छ । उता, झापामा हालसम्म पूर्वी नाका भएर नेपाल भित्रिएका ५७ लाई सोधपुछ गर्दा चारजनाको थ्रोडस्लाप सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ । एक साताअघि नेपाल–भारत सीमामा स्वाइन फ्लु भित्रिन नदिन स्थापना गरिएको क्वारेन्टाइन स्वास्थ्य केन्द्र (हेल्थ डेक्स) मा एक सातापछि मात्र चहलपहल सुरु भएको छ । डेक्समा अहिले दुई ल्याब टेक्निसियन र एचए  तथा अहेव , अनमीलगायत स्वास्थ्यकर्मीको टोलीलाई सक्रिय बनाइएको छ । महामारीका रुपमा रहेको स्वाइन फ्लुले सीमावर्ती भारतमा उग्ररुप लिएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इबोला भाइरसविरुद्ध आपत्कालीन स्थिति तथा अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्कट घोषणा गरेलगत्तै इबोला रोकथामका लागि सीमाक्षेत्रमा अध्यागमन कार्यालय परिसर सीमामा राखिएको हेल्थडेक्सलाई नै स्वाइन फ्लु नियन्त्रणका लागि काम गर्न निर्देशन दिइएको थियो । डेक्समा रोग पत्ता लगाउने उपकरण तथा सुविधासम्पन्न ल्याब नहुँदा डेक्सले परामर्श र शङ्का लागेका व्यक्तिलाई निगरानीमा राखेर अन्यत्र सिफारिस गर्नुको विकल्प नभएको स्वास्थ्यकर्मीको भनाइ छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता