नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Apr 20, 2016
विद्युुत प्राधिकरणका कर्मचारीले नै दियो हुकिङ गर्ने प्रशिक्षण
 मनोज बनैता ।
लहान ०८ वैशाख । सिरहामा हुकिङको कारण दर्जनौ मोटर एवं फ्रिज जफत गरिएको छ । हुकिङ गर्नु कानुनसम्वत् हैन् । यो वास्तवमा गैरकानुनी हो । देशको लाखौं जनता लोडसेडिङबाट वाक्क भइसकेका छन् । हुकिङलाई नियन्त्रण गर्न सकिएन भने विद्युत आपूर्तीमा कठिनाई स्वभाविक नै छ । लहानको विद्युत प्राधिकरण हुकिङको समस्याबाट गुज्रिरहेको अवस्था छ भने करोडौको विद्युत चुहावट भइरहेको छ । 


विद्युत चुहावटको मुद्दालाई चिरफार गरेर हेर्दा आश्र्चयलाग्दो तथ्य बाहिर आएको छ । लाहान मटियर्वा वार्ड न. १ बस्ने विष्णुदेव साह विद्युत प्राधिकरणमा  मिटरको लागि करिब एक वर्ष अगाडी नै सम्पुर्ण कागजी प्रक्रिया पुरा गरिसकेको तर हाल सम्म मिटर जडान नभएको गुनासो पोख्छन् । साहका पत्नी अनुसार बारम्बार प्राधिकरणको चक्कर काट्दा पनि कुनै सुनवाही नभएको गुनासो पोख्छीन् । साहकी पत्नी भनिन् ‘ विद्युत प्राधिकरण लहानका एक कर्मचारीसंग अनुरोध गर्दा उनले (कर्मचारी) भने केहिदिनको लागि हुकिङ गरेर काम चलाउनुस् ।’ ‘यस्तो सुझाव कर्मचारीबाटै आएपछि हामी हुकिङ गरेर आफनो काम चलाउन थाले ।’ ‘कर्मचारीकै सल्लाह सुझावमै आज एक वर्षदेखि हुंकिगंमै उज्यालो पाएको छु ।’ अहिले पनि साहको घरमा मिटर जडान गरिएको छैन ।


लहानकै अर्का उपभोक्ता निर्मलाकुमारी यादवको कथा यस्तै छ । साह र यादवको विषय लिएर जब प्राधिकरणको कर्मचारीलाई प्रश्न तेर्साइन्छ ‘सबै कर्मचारी मौन वर्तको साधनामा पुग्छ । कसैले उत्तर दिन मान्दैनन् । साह र यादव जस्तै दर्जनौ विद्युत उपभोक्ता छन् जो दिनहु नेपाल विद्युत प्राधिकरणको महिनौदेखि  चक्कर लगाईरहेका छन् । तर सरोकारवाला निकाय कानमा कपास राखेर सुतिरहेको अवस्था छन् ।      


यदि लाहान विधुत प्राधिकरण कुरा गरौं भने लाग्छ यहाँको कर्मचारी सरकारद्धारा संचालित हैन् बरु सरकार उनीहरु बाट संचालित जस्तो लाग्छ । लाहानको विद्युुत कार्यालयमा गणतन्त्र हैन बरु कर्मचारीतन्त्रको झझल्को देख्न सकिन्छ । बिहान अधिकाँश कर्मचारी १० बजे हैन मनामानी समयमा आउनु, ग्राहकहरुलाई लाईनमा उभ्याएर गफगाफ गर्नु र यदि कुनै महानुभावलाई काम गर्न दिक्कदारी महसुस भयो भने ईन्टरनेट खराब भएको बहाना पारी  ग्राहकहरुलाई भोली भोली भन्दै टार्दै जाने आदि ईत्यादी कर्मचारीतन्त्र हैन भने के हो ? 


विद्युत चुहावटको जिम्मेवार जति ग्राहक छन् त्यो भन्दा बढी जिम्मेवार यहाँका अनुशासनहीन कर्मचारी पनि छन् । यसवारे कार्यालय प्रमुख माधव यादवसंग सम्पर्क गर्दा ‘मिटरको अभावले यस्तो हुंकिगं बढिएको हो ।’ ‘हुंकिगं नियन्त्रणको लागि पटक पटक कार्यक्रमहरु नचलाएको होइन् ।’ ‘प्रचारप्रसारको लागि आएको बजेट पनि प्रयोग गर्दै आएको छु ।’      
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता