नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Apr 12, 2016
मधेशमा मर्दा भोज, जन्मिदा पनि भोज
  लहान २९ चैत । गरिबीको जीवन अशक्त भएपनि जातीय संगठन (माइन्जन) को दवावमा गाउंभरीको भोज गर्नुपर्ने बाध्यता रहेको छ । मधेशमा आज पनि बृद्धबृद्धाको मृत्यु अर्थात अर्ध जवान उमेरका मानिसको कालगतिले मृत्यु भएपछि काजक्रियासंगै भोजको आयोजना गर्नु पर्ने हुन्छ । 
जन्मिदा तथा बालबालिकाको मुन्डन (उपलाइन) गर्न पनि भोजको आयोजना हुने गरेको छ । भोजलाई अहिले राजनीतिक सुत्रमा बाधिएर मनाउंने गरिएको मानव अधिकारकर्मी राजकुमार राउत बताउंछन् । आज मात्रै तराई मधेश राष्ट्रिय अभियान (तमरा) का संयोजक जेपी गुप्ताले आफ्ना छोरा अर्गन गुप्तालाई मुन्डन गरेका छन् । सो मुन्डन कार्यक्रममा राजनीतिक सुत्रलाई जोड्न आफ्ना कार्यकर्ता र अन्य पार्टीका नेताहरुलाई आमन्त्रण दिएर भोज मनाइएको छ । 
मधेश र मधेशीको संस्कारले गरिब — धनी कसैलाई छुट नदिएकै कारण कति व्यक्तिले ऋणमा डुबेर भएपनि भोज गर्न बाध्य हुनुपर्ने छ । आफन्तको मृत्युले शोक मनाउंने ठाउंमा चिरआत्मालाई शान्तिको लागि मृत्तकको नाममा भोज दिने गरेको छ । भोजको लागि गाउंले ,प्रगना, जिल्लाभरीका जातलाई स्वजातीलाई निमन्त्रणा गर्नुपर्ने चलन छ । तर, छरछिमेकी र स्थानीय स्वजातीलाई भोज दिएर चिर आत्मालाई शान्ति दिने चलन समेत रहेको छ । प्रगतिशिल व्यक्तिहरुले यसको विरोध गर्न थालिएको छ । नयां शक्तिका केन्द्रीय सदस्य रामरिझन यादवले आफ्ना बुबाको निधन पश्चात समान्य किसिमले काजक्रिया गरेका छन् । यादवले भोजको आयोजना नगरी आफ्ना बुबाका नाममा बार्षिक पुरस्कार तथा सामाजिक निर्माण कार्यलाई बढावा दिएको छ । 
भोजमा पनि लैगिंक विभेद बढ्दै गएको छ । छोरीको विवाह, छोरी जन्मिदा, छोरीलाई मुन्डन नगरिने, बुहारीको मृत्यु र बृद्ध महिलाको मृत्युमा भोजको खासै महत्व नदिने गरेको छ । पुरुषपक्षलाई सवल रुपमा लिने र भव्य भोजको आयोजना गरिने लहान ६ निवासी महेन्द्र साह बताउंछन् । उनी भन्छन् —विभेदको कारण दहेज प्रथा बढिरहेको छ । 
पर्वतिहारमा समेत मधेशमा भोजको आयोजना गरिने चलन रहेको छ । लहान ५ निवासी तथा पूर्व मेयर मुनी साहले जनतामा आफ्ना लगाउ कायम राख्नको लागि विगतमा प्रत्येक छठ् पर्वमा हजारौंलाई भोज दिंदै आएको थियो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता