नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Apr 07, 2016
इन्स्पेक्टर निरौलाको सरुवाले स्थानीयमा दुःखमन, कल वाईपासका श्रेष्ठलाई ८० लाख धरौटी
 लहान २५ चैत्त । ईलाका प्रहरी कार्यालय गोलबजारका इन्चार्ज इन्स्पेक्टर सन्तोष निरौलाका सरुवाको कुरा सुनेर स्थानीयहरु दुःखमन गरेको छ । इन्स्पेक्टर निरौला यहां आएदेखि शान्ति सुरक्षामा व्यापक बृद्धि भएको छ पूराना चोहर्वा निवासी अर्थात सद्भावना पार्टीका केन्द्रीय सदस्य रोहित महतो बताउंछन् । 
महतो अगाडि थप्छन् — आज चैत्त २३ गते निरौलाको विशेष पहलमा साविक जमदह ३ हाल गोलबजार नगरपालिका ३ मा प्रहरी विटको लागि २ कठ्ठा जग्गा ( १५ लाख बराबरको ) उपलब्ध गराएको बताउंछन् । गोलबजार ३ जमदह बस्ने वर्ष ६६ को कालुमान स्याङ्गदनको नाममा दर्ता रहेको साविक जमदह ३ हाल गोलबजार नगरपालिका ३ (क) कित्ता नम्बर ३८७ मा उल्लेखित जग्गा (दुई कठ्ठा) ईलाका प्रहरी कार्यालय गोलबजारले भोगचलन गर्ने गरी राजिनामा पास गरिएको छ ।
कार्यालय व्यवस्थापन हुंदै गएपछि नेपालका प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले गोलबजार प्रहरीलाई निरिक्षण गर्दै २०७२ भदौ महिनादेखि मुद्दा चलाउंने निर्देशन दिएको छ । गोलबजारका गोविन्द विष्ट भन्छन्—‘इन्स्पेक्टर निरौला यहां आएपछि धेरै नै परिवर्तन भएको छ । व्यक्तिगत नाममा रहेको जग्गा प्रहरी कार्यालयलाई उपलब्ध गराएको छ । त्यतिमात्रै होइन् ,पहिले मुद्दा दर्ता तथा विशेष कार्यको लागि मिर्चैया प्रहरीमा जानु पर्थियो । अहिले यस्ता कार्यहरु गोलबजार प्रहरीमै भइरहेको छ । 
विष्टले निरौला इस्पेक्टर गोलबजार आएदेखि शान्ति सुरक्षामा व्यापक वृद्धि भएको छ । 
गोलबजार प्रहरीमा हालसम्म तीन दर्जन जति जाहेरी दर्ता भएको छ भने अधिकांश लागुऔषधको रहेको हो । लागुऔषध, ज्यानमार्ने उद्योग, हातहतियार खरखजाना लगायतको मुद्दा दर्ता भएको गोलबजार प्रहरीले जनाएको छ । 
गोलबजार प्रहरीको इन्चार्ज भएको १६ महिनामा इन्स्पेक्टर सन्तोष निरौलाले शान्ति सुरक्षा र सामाजिक परिवर्तनको लागि दर्जनौ अभियानहरु संचालन गरिएको छ । शान्तिसुरक्षालाई कायम गर्नको लागि कसहा र पुरानो चोहर्वामा पुलिस बिट स्थापना गर्न लगाइएको छ भने प्रहरी कार्यालयमा प्रत्येक फांटमा कम्प्यूटर प्रणाली सेवा उपलब्ध गराइएको गोलबजार प्रहरीले जनाएको छ । 
यसैबीच, फरार कैदी पक्राउ अभियुक्त अभियान अन्तर्गत हालसम्म ५५ जनालाई पक्राउ गरेका छन् । पक्राउ परेका मध्ये कल वाईपासको मुद्दामा पक्राउ गरिएका राजकुमार श्रेष्ठलाई आज ८० लाख धरौटीमा रिहा गरिएको नेपाली कांग्रेसका महेश चौधरीले बताए । यता, ईलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सन्तोष निरौलाका सरुवा भएको छ । निरौला सरुवा भएर पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगर जाने भएको छ । इन्स्पेक्टर हेमकुमार खड्का ईलाका प्रहरी कार्यालय गोलबजार आउंने भएको छ । सरुवा भएपनि केही दिन काम यथावत नै रहने छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता