नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Mar 30, 2016
आवासीय सहितको रक्षाबाहिनीको तयारी, उपेन्द्र यादवलाई मधेशी जनताले थुनेको खुलासा
 लहान १७ चैत । सद्भावना पार्टीले आवासीयसहितको रक्षा बाहिनी तयार गर्ने भएको छ । विराटनगरमा तीनदेखि चलिरहेको  राष्ट्रिय कार्य समितिका विस्तारित बैठकमा सद्भावना अध्यक्ष राजेन्द्र महतोले मधेशको प्रत्येक जिल्लामा २५—२५ रक्षा बाहिनी २४ औं घण्टा तैनाथ हुने गरी पार्टी कार्यालयकै छेउमा शिविर संचालन गर्ने उहांले बताउंनुभयो । प्रत्येक जिल्लामा पहिलो चरणमा १ सय रक्षा बाहिनी तयारी गरिने र महिनामा ७ दिन विदा दिने किसिमको कार्यक्रम रहेको भन्दै अध्यक्ष महतोले आवासीय शिविरका रक्षा बाहिनी आपत्तकालिन, दैवी प्रकोप, गरिब जनताको कामलगायत मधेश र मधेशीको रक्षाको लागि तयार रहने बताउंनुभयो । 

यसैगरी, कार्यक्रममा जनकपुरलगायतका सहभागीहरुले समूहगत छलफलकै क्रममा संघीय  समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनमा घुसपैठ गरेको खुलासा गरेका थिए । उनीहरुले भने जनकपुरमा राजेन्द्र महतोको विरोधमा उपेन्द्र यादवले ‘हिरो बन्न विराटनगर जोगबनीको धर्नामा गएकोले ठीकै भयो ।’ यस्ता कुरा गरेपछि जनकपुरका जनताले उपेन्द्र यादवलाई एउटा कोठामा थुनेको थियो । उपेन्द्र यादवकै अह्मताले धर्ना कमजोर भएको जनकपुरका सहभागीहरुले दावी गरेका थिए । अर्कोतीर मधेश आन्दोलनकारीबाट नै केही व्यक्तिले आर्थिक प्रलोभनमा परेर तेल तस्करी गर्ने काम गरेकोले राजमार्ग केन्द्रीत आन्दोलन फितलो भएको सिरहा र सप्तरीका सहभागीहरुले बताएका थिए । उनीहरुले यस तेल तस्करीमा पनि फोरम नेपालका कार्यकर्ता बढी सक्रिय रहेको थियो भने मोर्चाका अन्य घटकका नेता कार्यकर्ता सक्रिय रहेको कारण मधेश आन्दोलन सफलताको अन्तिम सिढी चढ्न नसकेको विश्लेषण गरिएको थियो । 


अबको आन्दोलन कडा र पूरै ठप्प पार्ने किसिमको आन्दोलन गरिने कार्यक्रमका नेतृत्वपंक्तिले आव्हान गरिएको थियो । सद्भावना पार्टीको राष्ट्रिय कार्य समितिको विस्तारित बैठक चैत्र १५ र १७ गते भएको छ । सो कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति, आसन्न आन्दोलन तथा पार्टीको भावी कार्य योजना, संगठन समिक्षा तथा विस्तार, पार्टी राष्ट्रीय महाधिवेशन, राष्ट्रिय कार्य समिति पूर्नगठन, पार्टी लेवी प्रणाली, जनजागरण पदयात्रा, वर्गीय मंच महाधिवेशन र संगठन सम्बन्धी जिम्मेवारी बाडफांट लगायतको विषय व्यापक छलफल भएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता