नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Mar 08, 2015
मार्च ८ महिला दिवस
 लहान २४ फागुन । मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउंने चलन रहेको छ । यस अवसरमा महिलावादी संघसंस्थाहरुले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् ।
दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका नेतालगायतले शुभकामना व्यक्त गर्ने भएका छन् ।
दिवसको अवसरमा मानव अधिकारकर्मी राजकुमार राउतले जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाको विकास बिना देशको विकास सम्भव नभएको बताउँदै अन्तरिम संविधान, २०६३ ले कुनै पनि नेपालीलाई लिङ्ग, धर्म, जातजाति वा बसोबासको आधारमा भेदभाव नगरिने तथा महिला विरुद्धको हिंसालाई दण्डनीय अपराधको रूपमा लिने कानूनी व्यवस्था भएको स्मरण गराएका छन् ।
उनले महिलालाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास र महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न सरकारले शून्य सहनशीलताको नीति अबलम्बन गरेको जानकारीसहित महिला सशक्तिकरण गर्ने अभियानमा एकताबद्ध हुन आह्वानसमेत गरेका छन् । उनले अधिकार सम्पन्न बनाएर समाजलाई आर्थिक र सामाजिक विकासमा विश्वका सम्पन्न र विकसित मुलुकका समकक्षमा पु¥याउन सबै पक्ष सक्रिय भएका अघि बढ्नुपर्ने र नागरिक समाजलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउनु पर्ने समय रहेको बताउंछन् । संविधानसभाले अब बनाउने संविधानमा समेत महिलाका अधिकार सुरक्षित गरिनुपर्ने आजको माग रहेको अर्का अधिकारकर्मी रेणु कर्ण यादवले अन्तर्राष्ट्रिय महासन्धिहरूमा गरिएको प्रतिवद्धताअनुसार महिला केन्द्रित नीति, कानून, योजना, संरचना र कार्यक्रम तर्जुमा गरी उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग गरेर महिलाको जीवनस्तर माथि उठाई सन्तुलित, समुन्नत र सुखी समाज निर्माण गर्नुपर्ने बताउंछीन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता