नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Mar 27, 2016
बलान खोलामा अन्तर्राष्ट्रियस्तरको महायज्ञ
  लहान १४ चैत । सिरहाको भगवानपुर कल्याणपुर छेउको बलान खोलामा अन्तर्राष्ट्रियस्तरको दश दिने श्री सीताराम नाम जप महायज्ञ १००८ कीर्तनकुञ्जको  आयोजना हुने भएको छ । 
विद्यार्थी बाबाको संयोजकत्वमा १ सय ५१ आयोजक समिति गठन गरि सो कार्यक्रम चैत्र ३० गतेदेखि बैशाख ९ गतेसम्म लाखौंको सहभागितामा हुने भएको छ । 


श्री श्री १००८ श्री शहस्र कुण्डी विष्णु महायज्ञ तथा श्री सीताराम नाम जप महायज्ञ १००८ कीर्तनकुञ्ज नाम दिएको यस कार्यक्रमका लागि भारत विहार र नेपालको मधेश क्षेत्रका जिल्लाका सांस्कृति झल्किने कार्यक्रम समेत गरिने भएको छ । 
सिरहा सप्तरीको बीच भागमा पर्ने बलान खोलाको टप्पुस्थल ५ किलो मिटरमा फैलिएको छ । उक्त स्थलमा १ हजार ८ किर्तन कुञ्ज श्री सीताराम जप, १ हजार ८ होमकुण्ड हवन, १ सय ११ भगवानको प्रतिमा पुजन, १ सय ८ रामायण पाठ, कथा प्रवचन, झांखी, लिला, मनोरंजनक सर्कसलगायतको कार्यक्रम रहेको विद्यार्थी बाबा बताउंछन् । 


उहां बाबाले यस कार्यक्रमको लागि ५ करोड खर्च लाग्ने भएकोले स्थानीय जनश्रमदान ,सरकारी गैरसरकारी तथा स्थानीयको आर्थिक सहयोगबाट संचालन गरिने बताउंछन् । 
यस कार्यक्रमबाट खर्च कटा गरी आएको रकमबाट अध्यात्मीक विज्ञान स्कूल निर्माण गर्ने, शिपमुलक कार्यक्रम, आनाथ आश्रम ,वृद्धा आश्रम, कन्या पाठ्शाला, चिडियाघरलगायत निर्माण गर्ने विद्यार्थी बाबा बताउंछन् । 
विश्व कल्याण—विश्व शान्ति र हिन्दु धर्मको उत्थानको लागि गर्न लागिएको सो कार्यक्रममा १७ हजार ४ सय २२ जप गर्ने, २ हजार १६ सय हवनकर्ता, १ सय ८ रामायण पाठक, एक हजार स्वंमसेवक रहने आयोजक समितिका सूर्यनारायण यादव बताउंछन् । दैनिक लाखौको ओहोरदोहोर हुने सो कार्यस्थलमा पांच सय शौचालय निर्माण, २ सय ५० हेन्डल पाईप, १२ सय वाटरफ्रुप घर (राउटी), एक हजार मण्डली घर, २ सय स्वंमसेवक घर निर्माण थालिएको छ । 












प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता