नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Mar 23, 2016
लहानमा मट्का फोड प्रतियोगिता, होली एक पर्व अनेक
 मनोज बनैता ।
लहान, १० चैत्त । होली एउटा पर्व मात्र नभएर आत्मा—आत्माको मिलन हुने दिनको रुपमा पनि लिईन्छ । रङको साथ साथ एक अर्कासँग भावनात्मक साटासाट पनि हुने गर्छ । आज बुधवार मधेशको जिल्लामा होली अर्थात फागु पुर्णिमा बडो धुमधामसँग मनाइदै छ । यो पर्वले वैमनुश्यतालाई पाखा लगाउदै समाजिक सदभावलाई उच्चतम विन्दुमा पुरयाउछ । वसन्त ऋतुको आगमनसँगै मनाईने यस पर्वमा विभिन्न रंग एक आपस आपसमा लगाउदै भावनात्मक आदान प्रदान गरिन्छ । होलीको कारणले आज मधेशभरीका सम्पुर्ण बजार, कलकारखानाका साथै सरकारी वा गैरसरकारी कार्यालय बन्द रहेको छ । यता, लहान ७ स्थित ग्लोबल फ्रान्डस् एशोसिएनले मटका फोर प्रतियोगिता गरिएको छ । सो प्रतियोगितामा आधा दर्जनबढी टिम सहभागि रहेको थियो । बज्रशक्ति टिम दोस्रो भएको छ भने प्रथम हुने २ टिम भएपछि विवाद रहेको छ । 


फागु पुर्णिमाको आफनै एउटा धार्मिक किमवदन्ती रहेको छ । भनिन्छ कि सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भयो । दुष्ट होलिकाको मृत्यु पछि त्यहाका वासिन्दाले रंग एक अर्कालाइ दल्दै खुसी मनाएका थिए । होली पर्वलाई असत्यमाथि सत्यको विजय हुने दिनको रुपमा पनि विश्लेशन गरिन्छ । पहाडी क्षेत्रमा हिजो मंगलवार होली मनाईएको थियो भने मधेशमा आज मनाईदै छ । मधेशको लगभग सबैजसो जिल्लामा मटका फोर कार्यक्रम राखिएको छ । पहाडी समुदायले मधेशबाट लगेर भित्राएको यो संस्कृती विस्तारै सिंगारीदै छ । केहिवर्ष अगाडी पहाडी समुदायले होलीमा फोहर पानी छयापेर खुशी हुन्थ्यो भने अहिले रंगको प्रयोग विस्तारै हुन थालेको छ । होलीको मौका छोपी कुनै अपराधिक घटना नहोस् भनि लाहानको सुरक्षा व्यवस्था निकै कडा पारिएको जानकारी प्राप्त भएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता