नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Mar 22, 2016
असत्यमाथि सत्यको विजय, होलीमा रंगारंग
 लहान, ९ चैत्त । नेपाल र भारतमा विशेष रुपमा मनाइने होली प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउ छन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास रहेको मानव अधिकारकर्मी राजकुमार राउत बताउंछन् ।
नेपालमा पहाडीक्षेत्रमा चैत्त ९ गते र मधेशमा १० गते होली मनाउंने सायत रहेको छ । सोही अनुरुप होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा—युवतीहरू गीत गाउँदै(नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक—अर्कासित मिल्छन् । यस पर्वलाई फागुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार—साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि मधेश र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।


होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा नास्तिक हिरण्यकशिपुनामक राक्षसले भगवान् विष्णुभक्त आफ्नै छोरा प्रहृलादलाई मार्न हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका—जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रहृलादलाई काखमा लिएर अग्निमा बस्ता आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रहृलादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ भने अर्को एक प्रसङ्ग अनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै नी जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको समाजसेवी रेणु कर्ण बताउंछीन् ।  उनी अगाडि थप्छीन् होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ । विंध्यक्षेत्रको राम गढ स्थानमा स्थित ईसा भन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ । संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय रहेको बताउंछीन् ।
सत्ययुगमा बिष्णुदेबका भक्त प्रल्हादलाई मर्नको लागि हिरण्यकश्यपले बिभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकालाई प्रल्हाद्लाई काखमा लिएर आगोमा बस्न लगाउदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भै असत्यमाथि सत्यको बिजय भएको उपलक्षमा यो पर्ब मनाइने गरिएको हो ।
नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नीलो वर्णका श्रीहरिले अधर्म नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको धार्मिक मान्यता छ । लोकहितका लागि विषपान गरेर महादेव नीलकण्ठका रूपमा कहलिए । पहेंलो रङ्ग विष्णु र योगेश्वर श्रीकृष्णको प्रिय रङ्ग हो । गणेशजी हरेक रङ्ग मन पराउँथे । रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । त्यसैले देवताहरूले रातो रंगको पहिरन लगाएका हुन् ।
शुभरअशुभ रङ्ग
— यदि कसैको जन्म कुनै पनि महिनाको १, १०, १९ वा २८ तारिखमा भएको छ भने सुन्तला, क्रिम आदिलाई शुभ रङ्ग मानिन्छ । कालो रङ्ग अशुभ हुन्छ ।
— यदि २, ११, २० वा २९मा कुनै पनि तिथिमा जन्मिएका व्यक्तिका लागि शुभ रङ्ग( सेतो, सिल्भर, हल्का नीलो हो । कालो एवं अन्य गाढा रङ्ग अशुभ हो ।
— यदि ३, १२, २१ वा ३० तारिखमा जन्मिएकाहरूका लागि पहेंलो, वैजनी, सुनौलो तथा गेरुवा रङ्ग शुभ हुन्छ। कालो, नीलोबाट जोगिएको राम्रो ।
— यदि ४, १३, २२ वा ३१ तारिखमा जन्मिएका व्यक्तिका लागि नीलो र फन कलर शुभ मानिन्छ । कालो र रातो प्रतिकुल हुन्छ ।
— यदि ५, १४ वा २३ तारिखमा जन्मनुभएको हो भने हरियो, हल्का नीलो रङ्ग शुभ मानिन्छ। गाढा रातो र कालो रङ्ग अशुभ हुन्छ ।
— यदि ६, १५ र २४ तारिखमा जन्मिएका व्यक्तिका लागि सेतो, क्रिम, गुलाबी एवं अन्य हल्का रङ्ग शुभ मानिन्छ। रातो र कालो रङ्ग प्रतिकूल हुन्छ ।
— यदि ७, १६ वा २५ तारिखमा जन्मिएकाहरूका लागि हल्का नीलो, सेतो, क्रिम, गुलाबी रङ्ग शुभ हुन्छ । गाढा रंगबाट सम्भव भएसम्म टाढा रहनुपर्छ ।
— यदि ८, १७ वा २६ तारिखमा जन्मिएकाहरूका लागि कालो, नीलो तथा वैजनी रङ्ग शुभ मानिन्छ । रातो रङ्ग प्रतिकूल हुन्छ ।
— यदि ९, १८ वा २७ तारिखमा जन्मिएका व्यक्तिका लागि रातो, गुलाबी र सिन्दुरे रङ्ग शुभ मानिन्छ । कालो रङ्ग अशुभ हुन्छ ।
अन्य चाडपर्व जस्तै होलीका पनि आफ्नै विशेषता छ । हरेक मुलुकमा आ—आफ्नै तरिकाले होली पर्व मनाइन्छ । नेपालमा फाल्गुण शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडाहरू मिलाएर बनाएको चिर गाडे पछि होली पर्व सुरू भएको मानिन्छ । यसरी सुरू भएको होली पर्व पूणिर्माका दिन चिरलाई ढालेर जलाए पछि होली सम्पन्न हुन्छ । मधेशमा भने भोलिपल्ट होली खेलिन्छ । इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले । यसैगरी अमेरिका, जापान, इजिप्ट, इन्डोनिसिया, थाइल्याण्ड आदि देशमा पनि आ—आफ्नै प्रकारले यो पर्व मनाइन्छ । होलीलाई असत्यमाथि सत्यको जितको प्रतीकका रूपमा लिइन्छ । 


यसैबीच, मधेशी युवाहरुले दुबईमा अस्ति होली कार्यक्रम गरेको सिरहाको लहानबाट रोजगारीको लागि त्यहां रहेका दिनेश्वर साहले बताएका छन् । सो कार्यक्रममा ३ सयबढीको सहभागी रहेको थियो भने त्यहां स्थित नेपालको राजदुत धन्जय झालगायतको विशेष उपस्थिति रहेको थियो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता