नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Mar 13, 2016
प्रचण्ड विरुद्ध सिरहामा नारावाजी, पूर्वमन्त्री राजलालसहित आधा दर्जन पक्राउ
 लहान ३० फागुन । सिरहा जिल्ला विकास समितिको २३औं परिषद्को उद्दघाटन गर्न प्रमुख अतिथिको रुपमा एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड आज सिरहा आउंदा मधेशी मोर्चाले व्यापक विरुद्ध गरेको छ ।  
परिषद् चल्ने वित्तिकै मधेशी मोर्चाका कार्यकर्ताले कालो झण्डा र विरोध गरेपछि अवस्था तनावग्रस्त भएको छ । सुरक्षा व्यवस्था कडा पारिएकोले परिषद हंल भित्र विरोध हुन थालेपछि ६ आन्दोलनकारीलाई पक्राउ गरिएको छ । पक्राउ पर्ने संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री राजलाल यादव, फोरमका सिरहा सचिव प्रयाग यादव, शिवु महतो, नविन, विरेन्द्र यादव र कप्लेश्वर यादव रहेका छन् । यिनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको फोरमका रामचरित्र महतोले बताएका छन् । 
नयाँ संविधान जारी र ६ महिना चलेको मधेस आन्दोलनको स्थगनको एक महिना पछि एमाओवादी अध्यक्ष दाहाल सिरहा आएको हो । सिरहा क्षेत्र नम्बर ५ का प्रत्यक्ष निर्वाचित साँसद समेत रहेका अध्यक्ष दाहाललाई २३औं जिल्ला परिषद्को प्रमुख अतिथि बनाईएको स्थानीय विकास अधिकारी टुबराज पोख्रेलले बताए ।
मधेसवादी दलले विरोध गर्ने
सिरहा नगरपालिकाको १७औं नगरपरिषद्मा दुई सांसदलाई अतिथि बनाउन समेत रोक लगाउन सफल भएका सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले माओवादी अध्यक्ष प्रचण्डको कार्यक्रममा कडा विरोध गरेको छ ।
मोर्चाले विरोध गर्ने भएकोले स्थानीय प्रशासनले जिल्ला परिषद् स्थलमा सुरक्षाकर्मीको संख्या वढाएको छ । लोकतन्त्रमा शान्तिपूर्ण विरोध गर्ने अधिकार भएपनि कुनै अप्रिय घटना नहोस भन्दै सुरक्षा कडा पारिएको प्रहरी उपरीक्षक श्याम ज्ञावालीले बताए ।

 यस्तै, लहान नगरपालिकाको ९ औं परिषद् आज सम्पन्न भएको छ । लहान नगरपालिकाको परिषदमा समेत कांग्रेसका सांसद पद्मनारायण चौधरीलाई प्रमुख अतिथी बनाउंने प्रयास गरिएको थियो । तर, मधेशवादी दलहरुको विरोधको कारण सांसद चौधरी उद्घाटन कार्यक्रमका सरिक नभएको जानकारीमा आएको छ । लहान नगरपालिकाले अगामि बर्षको लागि १५ करोड ६१ लाख ७८ हजारको बजेट विनियोजित गरेको नगरपालिका कार्यकारी अधिकृत शेरे मुस्तफाले बताए । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता