नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फिचर
Mar 05, 2016
शान्तिसुरक्षामा जोड दिंदै गोलबजार प्रहरी सामाजिक अभिायनमा
 लहान २२ फागुन । ईलाका प्रहरी कार्यालय गोलबजारले आफ्नो कार्यालयको लागि जग्गा नहुंदा समस्या खेप्दै आएका थिए । तर, इन्स्पेक्टर सन्तोष निरौला त्यस कार्यालयका ईचार्ज भएपछि ९ कठ्ठा १४ धुर जग्गा निःशुल्क उपलब्ध गराएको छ । ईलाका प्रहरी कार्यालय विगत लामो समयदेखि टेकलाल सुडीको नाममा रहेको जग्गामा कार्यालय संचालन गर्दै आएको थियो । यसमा पटक पटक विवाद चर्किदै आएको थियो । यत्तिवेला प्रहरी कार्यालयकै नाममा जग्गा आएपछि इन्स्पेक्टर निरौलाले कार्यालय व्यवस्थित गरिएको छ ।  कार्यालय व्यवस्थापन हुंदै गएपछि नेपालका प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले गोलबजार प्रहरीलाई निरिक्षण गर्दै २०७२ भदौ महिनादेखि मुद्दा चलाउंने निर्देशन दिएको छ । गोलबजार ११ आशोपुर बलकावाका पवन पंजियार भन्छन्—‘इन्स्पेक्टर निरौला यहां आएपछि धेरै नै परिवर्तन भएको छ । व्यक्तिगत नाममा रहेको जग्गा प्रहरी कार्यालयलाई उपलब्ध गराएको छ । त्यतिमात्रै होइन् , पहिले मुद्दा दर्ता तथा विशेष कार्यको लागि मिर्चैया प्रहरीमा जानु पर्थियो । अहिले यस्ता कार्यहरु गोलबजार प्रहरीमै भइरहेको छ । 


पंजियार थप्छन् — निरौला इस्पेक्टर गोलबजार आएदेखि शान्ति सुरक्षामा व्यापक वृद्धि भएको छ । 
गोलबजार प्रहरीमा हालसम्म २९ वटा दर्ता भएको छ भने अधिकांश लागुऔषधको रहेको हो । लागुऔषध, ज्यानमार्ने उद्योग, हातहतियार खरखजानालगायतको मुद्दा दर्ता भएको गोलबजार प्रहरीले जनाएको छ । 
गोलबजार प्रहरीको इन्चार्ज भएको १५ महिनामा इन्स्पेक्टर सन्तोष निरौलाले शान्ति सुरक्षा र सामाजिक परिवर्तनको लागि दर्जनौ अभियानहरु संचालन गरिएको छ । यस अवधीमा गोलबजार प्रहरीले अवैद्य मदिरा नष्ट, लागुऔषध गाजा नष्ट, फरार कैदी अभियुक्त पक्राउ, घरेलु हिंसा न्यूनिकरणको लागि घरदैलो कार्यक्रम, सरसफाई अभियान, शान्ति सुरक्षा कायम गर्नको लागि ठाउंठाउंमा सिसिटिवी क्यामरा जडान, हातहतियार नियन्त्रण, विद्यालयहरुमा सचेतना कार्यक्रम, सडक नाटक, स्वास्थ्य शिविर, तस्करी नियन्त्रणलगायत दर्जनौ अभियान गरेका छन् । सोहीक्रममा १ सय ५० क्यूफिट काठ बरामद समेत गरिएको गोलबजार प्रहरीले जनाएको छ । सवारी साधनमा हार्न प्रेसर हटाउंने, अनटेस्ट गाडीमा नम्बर लगाउंने अभियानकै रुपमा चलाइएको छ । शान्तिसुरक्षालाई कायम गर्नको लागि कसहा र पुरानो चोहर्वामा पुलिस बिट स्थापना गर्न लगाइएको छ भने प्रहरी कार्यालयमा प्रत्येक फांटमा कम्प्यूटर प्रणाली सेवा उपलब्ध गराइएको गोलबजार प्रहरीले जनाएको छ । 


यसैबीच, फरार कैदी पक्राउ अभियुक्त अभियान अन्तर्गत हालसम्म ४४ जनालाई पक्राउ गरेका छन् । जस मध्ये कुटपिट १२ , लागुऔषध गाजा चरेश मुद्दाका ८, किर्ते जलसाज तथा प्रतिलिपि अधिकार ७, चोरी डाका ६ , कर्तव्य ज्यान ४, जारी मुद्दा ३ , लेनदेन २,  सवारी ज्यान १ र कम्प्युटर १ गरी ४४ अभियुक्तलाई सम्बन्धित निकायमा पठाइएको छ । गोलबजार प्रहरीमा इन्स्पेक्टर निरौला प्रमुख भएर आएपछि २०७२ जेठ ८ गते फरार अभियुक्त तैयब मियालाई पक्राउ गरेका थिए भने जमदह ८ का चरेश मुद्दाका अभियुक्त जिवछ यादवलाई २०७२ फागुन २१ गते पक्राउ गरेका छन् । 




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता