नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Mar 03, 2016
‘एक घर एक चर्पी सिरहाको शान, भने नाराका साथ सिरहा घोषणापत्र जारी
 लहान । आधारभूत खानेपानी र सरसफाइ सम्पूर्ण जनताको न्यूनतम आवश्यकता भएको तथ्यलाई स्मरण गर्दै सन् २०१६ भित्र सिरहा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ आज १५ बुंदे सिरहा घोषणापत्र जारि गरिएको छ । सिरहाको विकास गर्ने संकल्पका साथ यस जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार, गाविस स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष, पत्रकार, नागरिक समाज, वुद्धीजिवी एवं सरोकारवालाहरुको एक भेलाले फागुन १९ गते सो घोषणापत्र जारी गरिएको छ । सो सम्मेलनका प्रमुख अतिथी  राष्ट्रिय योजना आयोगका सह सचिव जयनारायण आचार्य रहनु भएका थिए भने जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष तथा सिरहाका स्थानीय विकास अधिकारी टुवराजपोख्रेलले कार्यक्रम समापन् गरिएका थिए । स्वागत मन्तव्य तथा उदेश्यबारे डिवाससीसी सिरहाका सदस्य सचिव तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लहानका प्रमुख राजेश कुसवाहाले गर्नु भएका थिए । त्यसैगरी, इकार्डस्का गोपाल घिमिरे, युनिसेफ नेपालका विश्वराज भटट, यूएनहेविटेटका हरि बुढाथोकी, वाटर एड नेपालका शिखा श्रेष्ठ, एसएनभीका रामप्रकाश सिंहलगायतले मन्तव्य राख्नुभएका थिए । सो कार्यक्रममा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएका गाविसका सचिव र संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मान्न तथा कदरपत्र प्रदान गरिएको थियो ।
जारी गरिएको सिरहा घोषणापत्र जस्ताको त्यस्तै यस प्रकार रहेको छ । १.सन् २०१६ सम्म यस जिल्लालाई खुल्लादिसामुक्त क्षेत्रको रुपमा विकास गरी घोषणा गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
२.सरसफाइलाई सामाजिक आन्दोलनका रुपमा अगाडी बढाउन स्थानीयतहमा रहेका व्यक्ति, समुह, संस्थाबाट संभाव्यश्रोतको पहिचान र परिचालनगर्ने छौं । त्यसै गरीगाविसको बार्षिक बजेटबाट बार्षिक रुपमाकम्तिमा २० प्रतिशत, नगरपालिकाबाट २० प्रतिशत र जिविसबाट २०प्रतिशत रकम सरसफाइका लागि परिचालन गर्ने छौं ।    
३.चर्पी निर्माण रप्रयोग गर्ने कार्य नितान्त व्यक्तिगत दायित्व हो । तसर्थ चर्पीमाअनुदानलिने दिने र त्यसका लागि पर्खेर बस्ने परिपाटीलाई आजैका दिनबाट गलत प्रबृति घोषणा गर्दछांै । तर हाम्रो समाजका असक्त र असमर्थ अवस्थामा रहेका परिवारलाई स्थानीयतहमा संयन्त्रबनाई सम्बोधन गर्ने परिपाटी विकास गर्न आवश्यक सहयोग गर्ने छौं ।
४.खुल्ला स्थानमा दिसा गर्ने परिपाटीलाई आजकै मिति देखी सामाजिक अपराधको रुपमा परिभाषित गर्दछौं ।
५.२०७२चैत्र मसान्त भित्रमा सबै गाविस र नगरपालिकाबाट सरसफाइ परिचयपत्रलाई अनिवार्य कार्यान्वयनमा ल्याउने छौं । २०७३बैसाख १ गते देखीगाविस, नपा, जिल्ला स्तरका कुनैपनि सरकारी निकायहरुबाट सेवालिने कार्यका लागि सरसफाइ परिचयपत्र अनिवार्य सर्तका रुपमा पालन गर्ने छौं ।
६. जिल्लामा कार्यरत रहेका विभिन्न सरकारी तथा अर्धसरकारी कार्यालय एवम् निकायहरु, राजनैतिक संगठनहरु, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, पत्रकारिता क्षेत्र, महिला तथा वालवालीका क्षेत्र,निजी क्षेत्र, वित्तीयनिकायहरु, सामुदायिक वन उपभोक्ता समिति, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, गैर सरकारी संस्थाहरु, सुरक्षा निकाय एवम् नागरिक समाजसँगको सहकार्य सुदृढ गरी समन्वयात्मक रुपमा पूर्ण सरसफाइ अभियानलाई निरन्तर अघि बढाउन प्रतिवद्ध छौं ।
७.चर्पी निर्माण र प्रयोग मानव सभ्यताको पहिलो शर्त भएकाले आजका दिनबाट कुनै पनि उपभोक्ता समितिको सदस्य बन्न, राजनीतिक दलको सदस्यता प्राप्ति, संघसंस्थाको सदस्यता प्राप्ति, पत्रकारीताका प्रमाण पत्रलिन, सरकारी, गैर सरकारी क्षेत्रमाकर्मचारी नियुक्ति तथा सेवा प्राप्त गर्नमा चर्पीलाई आधारभुत रअनिवार्य योग्यताको मापदण्डका रुपमालिने छौं ।
८.सरकारी, गैर सरकारी क्षेत्र, संघ संस्था, महिला स्वयंसेविका, वित्तिय निकायहरुमा कार्यरत कर्मचारीहरुले आजका मितिबाट १ महिनाभित्रमा चर्पी निर्माण गरी प्रयोग गर्नेछौं । यसो नगरेको खण्डमा विभागिय कार्यवाही गर्न गराउन प्रतिवद्ध रहेको घोषणा गर्दर्छौ । 
९.सरसफाइलाई सामाजिक आन्दोलनको रुपमा अगाडी बढाउन प्रतिवद्ध छौं साथै यस आन्दोलनलाई थप गति दिनका लागि राजनैतिकदलहरुले आआफ्नोे मातहतका सवै संयन्त्र परिचानगर्ने छौं । जुनसुकै अवस्थामा पनि सरसफाइ आन्दोलनलाई निरन्तरता दिने छौ । 
१० सरसफाइ प्रबद्र्धनलाई अगाडि बढाउन संचार क्षेत्रको बिशेष भूमिकाहुने भएकाले संचार पत्रकार समुहले समन्वय समितिहरुको सहकार्यमा बिशेष कार्ययोजना बनाएर प्रचार प्रसार र प्रबद्र्धनलाई व्यापक र प्रभावकारी बनाउने छौं ।
११. सरसफाइ अभियानको प्रभावकारीताका लागि राजनैतिकदलका प्रतिनिधि र पत्रकार समेतको सहभागितामा निरन्तर अनुगमन गरी सहयोग तथा पृष्ठपोषण गर्ने छौं । गाविस र नगरपालिकातहमा खुदिमु घोषणा मिति तय गर्न राजनैतिकदलले अहं भुमिका निवार्ह गर्ने छौं ।
१२.जिल्लाभित्र उत्कृष्ट कार्य गर्ने न.पा.,गा.वि.स., विद्यालय,मदरसा, गैर सरकारी संस्था, बालक्लब, स्थानीय संघ–संस्था, समूह, सहकारी, दानविर, नीजि क्षेत्र, सुरक्षानिकाय, अन्यनिकाय र व्यक्ति आदिलाई सरसफाइमा पु¥याएको योगदानका लागि पुरस्कार र कदर पत्रप्रदानगर्दै सरसफाइ अभियानमा क्रियाशील हुनका लागि थप प्रोत्साहित गरिने छ, स्थानीय स्तरमा सो कार्यलाई स्थानीय स्तरका समितिमार्फत गर्ने छौं ।
१३. खुल्ला दिसामुक्त नपा रनपाका वडाहरु रगाविसहरुमा आनिवानी र व्यवहार परिवर्तनका लागि खुदिमु घोषणा पश्चात पूर्ण सरसफाइका लागि कार्ययोजना बनाई अगाडी बढन प्रतिवद्ध छौं । सवैको लागि र सधैंको लागि सरसफाइलाई आत्मसाथ गर्दै सबै सरकारी तथा गैर सरकारी कार्यालयहरु, स्वास्थ्य संस्था, विद्यालय, क्याम्पस, मदरसा, धार्मीक स्थल, पर्यटकिय स्थल र सार्वजनिक स्थलहरुमा साबुनपानीले हातधुने सुविधासहितको बाल, अपांग र लैगींक मैत्रीचर्पी र युरिनल सहितको चर्पि निर्माण, स्वस्थक र प्रयोग र मर्मत सम्भार साथै महिनावारी स्वच्छता सम्बन्धि सुविधाको व्यवस्था गर्ने छांै । साथै सरसफाइको दिगोपनका लागि विद्यालय सरसफाइ कार्यक्रमलाई शसक्त ढंगले अगाडी बढाउने छौं ।
१४.राजमार्ग, विकासोन्मूख बजार क्षेत्र, सार्वजनीक क्षेत्रमा सार्वजनिकर सामुदायिक शौचालय निर्माण गरिने छ । प्रत्येक गाविस, नपार जिल्ला स्तरमा निजि क्षेत्र समेतको सहकार्यमा सेप्टी टंकी सफाईका लागि विभिन्न प्रविधिको व्यवस्थापनमा जोड दिने छौं । बजार क्षेत्रकोफोहर व्यवस्थापनका लागि जोड दिंदै सरसफाइमा नमुना जिल्लाको रुपमा स्थापितगर्न प्रतिवद्ध छौं ।
१५.खानेपानी, सरसफाइ तथा स्वच्छताको एकीकृत रणनिति तय गर्ने र खानेपानी सुरक्षा योजनालाई प्रवद्र्धन गर्ने छौं । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता