नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Mar 08, 2015
अधिकारकर्मी भन्छन् कारवाही गर,जबरजस्ती करणीको आरोपमा हवल्दार गिरफ्तार
 लहान २४ फागुन  । सिरहाको सुखिपुर स्थित रहेको सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हबल्दार प्रमोदकुमार श्रेष्ठलाई जबजस्ती करणी गरेको आरोपमा शुक्रवार राति प्रहरीले नियन्त्रणमा लिएको छ । 
सुखिपुरबासीले स्थानीय एक महिलालाई जबरजस्ती करणीको आरोप लगाएपछि प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी हबल्दार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय सिरहामा थुनामा राखि अनुसन्धान भइरहेको सिरहाका एसपी रामकृपाल साहले बताए ।
ईलाका प्रहरी कार्यालय सुखिपुरका प्रहरी नायब निरीक्षक आशनारायण चौधरीले राम्रो चिनाजान रहेको स्थानीय एक युवकको पत्नीसँग सशस्त्र प्रहरी हबल्दार श्रेष्ठ होली पर्वको अवसरमा रंग खेल्न गएपछि विवाद भएको बताए । उक्त महिलाको श्रीमान् नभएको अबस्थामा श्रेष्ठ उनको घरमा गएको र उनीहरु घरमा नै रहेको अबस्थामा महिलाको श्रीमान् आएपछि जबरजस्ती करणी गरेको  भन्दै होहल्ला गर्न थालेको प्रहरी नायब निरीक्षक चौधरीले बताए । होहल्ला सुरु भएपछि गाउँलेहरु जम्मा भएर श्रेष्ठलाई ईलाका प्रहरीमा राखेर कारबाही गरिनु पर्ने माग गरेका थिए । यता, प्रहरी र प्रशासन आपसी संरक्षणको लागि होली खेल्ने बहाना लगाइएको छ स्थानीयवासीको दावी रहेको छ । महिला अधिकारकर्मीहरु भन्छन्— ‘यस्ता घटना हुंदासम्म पनि समाजको आंखामा छारो हाल्ने काम भइरहेको छ ।’ बलात्कारका आरोपित श्रेष्ठलाई कारवाही हुनुपर्छ, नभए हामी आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता