नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फोटो फिचर
Feb 24, 2016
शेखरका सपना ‘उठ् मंगला जोर कर, बाटघाट सोर कर’
 लहान, १२ फागुन । ‘उठ् मंगला जोर कर, बाटघाट सोर कर’लगायत दर्जनौ रचना पंचायतीकालमा क्रान्तिकारीमय आवाज बुलन्द गर्ने वरिष्ठ साहित्यकार चन्द्रशेखरलाल कर्ण शेखरको श्रद्धाञ्जलीसभा फागुन १२ गते लहानमा मिथिला स्टुडेन्ट युनियन लहानले आयोजना गरियो । 
सो सभाका प्रमुख अतिथी मधेश मिडिया मिशन नेपालका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सिरहाका नि.अध्यक्ष दिनेश्वर गुप्ताले मधेशमा परिवर्तनको लागि समाजिक नेता तथा साहित्यकार शेखरले पंचायतीकालमै विद्रोह गर्दै आएका थिए । उहांकै सपना पुरा गर्न यहांका युवाहरु आज मधेश आन्दोलनबाट परिवर्तन चाहेको गुप्ताले बताउंनुभयो । 
युनियनका अध्यक्ष दिनेश रसियाका सभाध्यक्षतामा भएको सो सभामा पूर्वमन्त्री राजलाल यादबले आप्mनो गुरु समान रहेका शेखर एक सच्चा राष्ट्रभक्त नेता भएको चर्चा गर्नुभयो । निष्ठाको राजनीति गर्ने नेता गुमाउँदा आफू अत्यन्तै दुखी एवम् मर्माहत भएको उहांले बताउंनुभयो ।
भारतको मधुवनीबाट श्रद्धाञ्जली सभामा सहभागी दीप नारायण विद्यार्थीले शेखरको योगदानबारे छोटोमा चर्चा गर्नुभयो । सभामा सञ्चारकर्मी रोन्टर मण्डलले साहित्यकर्मीहरुले कुशल अभिभावक गुमाएको बताउंनुभयो  । सभामा अत्यन्त भावुक भएर अर्जुनप्रसाद गुप्ताले नेपालकै इतिहासमा निडर नेता गुमाएको दावी गर्नुभयो ।
तमलोपाका सिरहा जिल्ला सचिव राकेश झाले मैथिली भाषाको विकासका लागि सदैव तत्पर रहेको र यसमा लागेको सबैलाई सम्मान गर्न नचुक्ने तथा शेखरको वार्षिकी हरेक वर्ष मनाउने प्रतिबद्धता गर्नुभयो । अधिकारकर्मी विजय दत्तले मैथली भाषा संस्कृतिको विकास गर्नु नै शेखरको सच्चा श्रद्धाञ्जली हुने बताउंनुभयो । त्यसैगरी अधिकारकर्मी सुनिल साहले वृद्ध अवस्थामा शेखरले साहित्यमार्फत समाज परिवर्तनको लागि युवा पीढिमा उर्जा भर्दै आएको बताउंनुभयो । सोहीक्रममा साहित्यकार एवम् मैथिली अभियानी धीरेन्द्र प्रेमर्षि र कुन्दन कर्णले काठमाण्डौबाटै श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रम सञ्चालन अनुपम झाले गरिन् । युनियनको तर्फबाट गजेन्द्र गजुर, नारायण मधुशाला, तेजु मैथिल, रितेश मैथिल, हृदय सुमन, गौरी नारायण, अमरेश, गायत्री सिंह, सृजना गजमेर लगायतले साहित्यकार शेखरप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता