नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Feb 16, 2016
लहान सिटी जेसीज धरापमा, शान्ति खोज्दा द्धन्द्ध
  लहान ३ फागुन । जेसीजमा लागेर संसारको मानिस नेतृत्व विकास गर्छन् । तर, लहान सिटी जेसीजमा राजनीतिक र रणनीतिको फोहरी विकास गर्ने मौका पाउंछन् । आज यसैलाई प्रमाणित गरेर देखाइएका छन् यहांका जेसी सदस्यहरु । लहानमा स्थापना भएको समयमा सिटी जेसीज राप्रपा सर्मथकहरुको काखमा यौवनास्था पाएका थिए । र, केही कांग्रेसीहरुको मलजलले तन्किदैं गएको लहान सिटी जेसीज अहिले मधेशवादीहरुको कबचमा आएको छ । मधेशवादीहरुमा धेरै नेता भएका कारण तनातान गर्दै जेसीजलाई तीन थानको अवस्थामा पुर्याएको छ । जो मधेशवादी केही राप्रपाबाट आएर आफुलाई मधेशका हिमायती नेताको रुपमा पहिचान गराउंदै आएका छन् । यस खेलमा केही एमाले पनि नभा होइनन् । जो अहिले मधेशवादी भएर अडान कसिरहेका छन् । विगत आधा दशकदेखि लहान सिटी जेसीजमा नराम्रो रणनीति चलिरहेको छ । जसको कारण कति जेसीहरु जुन कर्मचारीका तलब खाइरहेका छन् तिनीहरुको जीवन धरापमा छन् । कतिको पेशा विस्फोटनमा छन् त कतिको नेतृत्व विकासमा ठूलो आंच आउंने काम भइरहेको छ । यसको प्रमुख कारण उमेर बढाएर लहान सिटी जेसीजको अध्यक्ष भएकाहरु गम्भिर मौनता कसेका छन् । आज लहान सिटी जेसीजको साधारणसभा थियो । जसमा अध्यक्षको लागि शंकर गुप्ता, सन्तोष साह र विजय चौधरीको उम्मेदवारी रहेको थियो । यसको लागि निर्वाचन प्रक्रियाबाट अध्यक्ष छनौट गर्ने प्रावधान अगाडि नबढाउंदै लहान सिटी जेसीजका संस्थापक अध्यक्ष बसन्त साहले जिल्ला प्रशासन कार्यालय सिरहाको पत्र वाचन गरेर सुनाए दिए । त्यतिकैमा जारी साधारणसभालाई रोकेर सम्बन्धित जेसीहरु सात दिनभित्र आफ्नो वास्तविकता कर्तुतको छलफल गर्न प्रशासनमा हाजिर हुन् भनेपछि आजको निर्वाचन स्थगित भएको छ । विगतका आधा दर्जन अध्यक्ष यस्तै ४० भन्दा बढी उमेरका जेसीहरु अध्यक्ष भएका थिए । आज शंकर गुप्तालगायतका उम्मेदवारको समेत उमेर बढी भएको भन्दै यसअघि अदालतमा निवेदन परेको थियो । त्यतिखेर पनि जेसीजको साधारणसभा स्थगित भएको थियो । यहां लहान सिटी जेसीजमा व्यापक राजनीतिक र रणनीतिको फोहरी खेल भइरहेको भन्दै केही पूर्व अध्यक्षले जेसीजबाट सन्यास लिएको समाजिक संजाल फेसबुकमा आफ्नो स्टाटस दिएको छ । केही दिनअघि जेसीजले मधेश र मधेशीको भावना विपरित कार्यक्रम गरेको भन्दै लहानको सहिद चौकमा व्यानर हटाएर कार्यक्रम गर्न दिएको थियो । आजको साधारणसभाका प्रमुख अतिथी फोरम नेपालका बैद्यनाथ साह रहेका थिए । लहान सिटी जेसीजका सदस्यबीच यही कारण  आपसी बोलचाल बन्द छ भने नेतृत्व विकासको ठाउंमा राजनीतिकको फोहरी गोटीले आपसी द्धन्द्ध बढेको छ । यही अवस्था रहियो भने लहान सिटी जेसीजमा सदस्यबीच कटाकाटको अवस्था अघि नबढला भन सकिदैन् । शान्तिको निर्माणको चला तो स्वार्थमा डुबेर जेसीजलाई नै धरापमा पार्ने अवस्थामा पुगेका छन् यहां ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता