नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Feb 12, 2016
बन्दभरीको जरिवना नलिन आन्दोलनकारीको चेतावनी
 लहान २९ माघ । विगत ६ महिनादेखि जारी रहेको मधेश आन्दोलनबाट पर्न गएको समस्याप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लहानले आर्थिक भारलाई मध्यनजर राख्दै सिरहाका सरकारी कार्यालयहरुलाई सेवाग्राहीको कुनै किसिमको असुली वा जरिवाना नलिन सचेत गराएको छ ।


मधेश आन्दोलनको स्वरुप परिवर्तन भएपश्चात खुल्ना थालेका सरकारी कार्यालयहरुले ढिलो भएको कारण जरिवाना लिन थालेपछि यस्तो चेतावनी दिइएको हो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा निकट युवा संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारी कार्यालयहरुबाट असुली वा जरिवाना नलिन चेतावनी दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘आन्दोलनबाट जनजनमा पर्न गएको आर्थिक भारलाई मध्यनजर राख्दै यो सरकारले कुनै पनि कार्यालयमा असुली वा जरिवानालगायतका अनावश्यक रकम नतिर्ने नतिराउनसमेत जानकारी गराउँद छौं । यस गैरजिम्मेबार   क्रियाकलापहरुको पछि नपर्न र सचेत रहन अनुरोध गर्दछौं ।’
विगत ६ महिनादेखि जारी मधेश आन्दोलनवाट मधेश र मधेशी जनताले उठाएको मागहरु, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको घोषणा, समग्र मधेश दूूई प्रदेशको अवधारणा, समावेशी समानुुपातिक सिद्धान्तको अवधारणालगायत राज्यको सबै निकायमा लागुु गर्न र गराउंन तथा राज्यद्धारा वहिष्कारमा पारिएका सबै उत्पीडित जनताको हक अधिकारलाई स्थापित गर्न जारी रहेको आन्दोलन केही समयको लागि स्थगन मात्रै भएको जारी विज्ञप्तीमा उल्लेख छ । 
यसैबीच, नेपाल विद्युत प्राधिकरण लहान शाखाले साउन भाद्र महिनादेखि जारी बन्द हड्तालले विद्युत महसुल संकलन काउण्टर बन्द रहेको र मिटर रिडिगं समेत हुन नसकेले बन्द भएको अवधिको विद्युत महसुल संकलन तथा रिडिगंको जरिवना ७ दिनसम्म रिवेट नलिने प्राधिकरण जनाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता