नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Feb 05, 2016
थारु मधेशी बिहार दिल्ली गरिरहेको सवाल पहिले नै प्रयोगमा आइसकेको हो
  लहान, २१ माघ । थारु मधेशी अहिले जुन विहार दिल्ली गरिरहेको छ । त्यो पहिले नै प्रयोगमा आइसकेको हो । ०४६ सालको आन्दोलनमा गिरिजाप्रसाद कोइराला बनारस दिल्ली, शेरबहादुर देउवा युरोप देशमा पुगेर नेपालमा प्रजातन्त्र स्थापना गर्न जाने गरेको थारु कल्याणकारीसभाका प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीले बताउंनुभयो ।


थारु कल्याणकारी सभा केन्द्रीय प्रशिक्षण भेला यही माघ २३, २४ र २५ गते लहानमा आयोजना गरिने पूर्व सन्ध्यामा प्रशिक्षण विभाग प्रमुख लेखीले अधिकार प्राप्ति र विभेदमुक्तको लागि छिमेकी मुलुकसंग सहयोग लिने जायज रहेको भन्दै यस्तो अवस्थामा हामीलाई अराष्ट्रियको आरोप लगाउंदा अलिकति पनि विच्चलित नहुने आज पत्रकार सम्मेलनमा बताउंनुभयो ।
लेखीले मधेसी, थारु, जनजाती ,मुस्लिम, दलितलगायतको अधिकार नपाएसम्म आन्दोलन ५ र ६ बर्षसम्म पनि लम्बिन सक्ने भन्दै ‘वार्ता र सम्वादको माध्यमबाट माग पुरा गर्न सरकारलाई हाम्रो आग्रह छ ।’ बताउंनुभयो ।
लेखीले आन्दोलनको स्वरुप परिवर्तन भइरहने बताउँदै अब आन्दोलन विस्तारै फेरी कडा बनाउने चेतावनी दिएको छ । मधेसमा अलग अलग आन्दोलन गरिरहेका हरेक शक्ति मिलेर महागठबन्धन बनाई आन्दोलन कडा पार्ने समेत बताउंनुभयो । 
प्रशिक्षण भेलालाई बैचारिक र आन्दोलनकै रुपमा अघि बढाउंने कार्यक्रम रहेको छ भने यसको लागि दुर्गानन्द चौधरीका संयोजकत्वमा ६५ सदस्य मुल व्यवस्थापन समिति गठन गरिएको छ । रमाकान्त चौधरीका संयोजकत्वमा २२ सदस्य सचिवालय गठन गरिएको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । यसैगरी, प्रचारप्रसार संयोजक खगडनारायण चौधरी, प्रशिक्षण व्यवस्थापन अनिल चौधरी, सांस्कृतिक सुर्यनारायण चौधरी, स्वंमसेवक रामचन्द्र चौधरी, भोजन अजय चौधरी, अवास शुभानन्द चौधरी, दशमी   चौधरीलगायतका छन् । 
थारु कल्याणकारी सभाको ६८ बर्षको दौरान प्रथम पटक यस्तो भेला गर्न गइरहेको छ भने भेलामा  भारतलगायत दर्जनौ देशका प्रतिनिधिहरुको सहभागी हुने भएको छ । यसको लागि सभाले ग्रामिणतह वडादेखि केन्द्रीयसम्मका १ हजार प्रतिनिधिको सहभागिता गराउंने पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । 

कार्यक्रममा प्रशिक्षणको लागि भारत बिहारका थारु महासभाका महासचिव शैलेन्द्र गढवाल, डा.कृष्ण भट्चन, राजनीतिक विशलेषक सिके लाल, अधिवक्ता शंकर लिम्बु, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, वरिष्ठ पत्रकार सिताराम अग्रहरी, पूर्व राजदुत विजयकान्त लाल कर्ण, अधिकारकर्मी ज्योती दनुवारलगायत रहेका छन् । 
सिरहा थारुकल्याणकारी सभाको आयोजना र लहानको मारवाडी सेवा सदनमा गरिने सो प्रशिक्षण भेलामा थारुहट मधेश आन्दोलन, २०७२ को संविधान, थारु आदीवासी आन्दोलन, देशको अवस्था, विभेदमा पारिएका उत्पीडितवर्ग, सचेत नभएका उत्पीडितवर्गलाई ग्रामिणतहसम्म सचेतना पुरयाउंने उद्देश्यका साथ  भेला गर्न लागिएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता