नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Mar 06, 2015
मधेशमा होली, लहानमा मटका फोर
 लहान २२ फागुन । नेपाल र भारतमा मात्रै नभई अन्य देशमा रंग, अबिर, पानीसँगै खेल्दै प्रेम र सद्भाव बाँड्ने होली पर्व तथा मटका फोर कार्यक्रमले यस पटक मधेशको लहान रोमान्चक बनियो । अनुशासन र सुरक्षा प्रत्याभूत हुँदा घरबाहिर निस्केर उल्लास मनाउनेहरू समूहगत रुपमा समेत देखिन्छ ।
होलीको अवसरमा मधेशमा धेरै कार्यक्रमहरु भइरहेको बेला ग्लोबल फ्रेन्डस् एशोसियन क्लब लहानले भव्य तरिकाले मटका फोर (दहीहंडी) कार्यक्रम गरेका छन् । लहानक्षेत्रका सात टिमका युवाहरु सहभागी भएको सो प्रतियोगितामा लहान खेलकुद एकेडमी (विजय यादव) टीमका जीवछ साहले मटका फोड्दै प्रथम भएका छन् । सो टिमले १ मिनेट १२ सेकेन्डमा मटका फोडेका छन् । यस्तै महिला टिमले ५३ सकेन्डमै मटका फोडेर उत्कृष्ट भएका छन् । यसैगरी, प्यारागन स्कूल, बज्रशक्ति युवा क्लब लहान, सफटेक कांलेज लहान, मां दुर्गा टीम, एकान्ट क्लास टीम मध्ये सफटेक कांलेजलाई अनुशासनमा रहेको उपमा दिंदै पुरस्कार वितरण गरिएको छ । कार्यक्रमका जजमा साजकुमार आले रहेका थिए ।
सफटेक कांलेजका फान्डर प्रिन्सीपल डा.महादेव साहका विशेष आतिथ्यमा भएको सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका डिएसपी ज्ञानेन्द्र फुयांल, लहान नपाका प्रमुख कृष्ण कार्की, एभरेष्ट कांलेजका धरनीधर अधिकारी, एपोलो ओम उच्च माविका महेश चौधरी, लहान सिटी जेसीजका विकास शारडा, एलएमसी कांलेजका राजाबाबु साहलगायतले होली र मटका फोर सांस्कृति वारे टिप्णी गर्नुभएका थिए । कार्यक्रम संचालन रामभरोसी महतो र ललित दासले गर्नुभएका थिए । कार्यक्रम करिब एक हजार सहभागी रहेको थियो । 
यता, लहानलगायत मधेशमा सुरक्षाकर्मीको उपस्थिति, गस्ती र तलासीले निकै संयमित वातावरण सिर्जना गरेको छ । खासगरी रमाइलोका नाममा मादक पदार्थ खाएर सवारी हाँक्नेहरूले उन्मुक्तिको बहाना पाइरहेका छैन् । 
यहाँ पहाडमा २१ फागुन र मधेशमा २२ फागुनमा विभिन्न समुदायले आ आफ्नो संस्कृति र भेषभुषामा होली मनाउने गर्छन् । यो भूमी भनेको विविध संस्कृति र भेषभूषालाई एकै ठाउँमा हेर्ने ऐना पनि हो शिक्षा विद् डा.महादेव साह सौहार्दपूर्ण हुँदा यो पर्व झन् आनन्ददायी हुन्छ बताउछन् ।
सहरभर आ आफ्नो समुदायको लबजमा गीत, भजन र मुक्तक गाउँदै हूलहरू हिँडेका देखिए । जनकपुरमा महामुर्ख सम्मेलन र यसमा उपमा स्वरुप पुरस्कृत गर्ने चलन समेत रहेको छ । यस पर्वमा सानाले ठूलाबाट आशीर्वाद लिने र समान उमेरकाले एकअर्कालाई अंकमाल गरेको प्रेमपूर्ण माहोल देखिन्छ । बहुसांस्कृतिक प्रभावले भित्रिएका मटका फोर सहितका कलात्मक प्रतियोगिता आयोजनाले पर्वमा आकर्षण थपेको डा.साह बताउँछन् ।
पत्रकार महासंघ सिरहाका सचिव जीवछ उदासी ‘सधै यो पर्व सडकमा रमाउँदै होली खेल्न सकेको अनुभव सुनाउंछन् ।’ कसैले यस पटक जबर्जस्ती रंग दलेनन् उनले भने, सहरको संस्कृतिमा आएको यो ठूलो परिवर्तन हो ।’ होलीसंगै सिरहा पत्रकार महासंघका सभापति देवकुमार यादव, महासंघका पूर्व सभापति रामानन्द गुप्ता, पत्रकार सन्तोष सुवेदी, धनुषाका वीरेन्द्र कर्ण, वीरेन्द्र रमन, धुब झा, सप्तरीका पत्रकारहरु सतिश दत्त, सुरेन्द्र गुप्ता, नविन नरसिंग नेपाल, हेम सिंह, मनहोर पोखरेल, अम्बिका दहाललगायतका रंगमा रंगिएर होलीको उम्मगंमा सजिएको छ ।

Attachments#
holli 33.jpg (85 KB) मधेशमा होली, लहानमा मटका फोर Download
holi 222.jpg (96 KB) मधेशमा होली, लहानमा मटका फोर Download
holli 33.jpg (85 KB) मधेशमा होली, लहानमा मटका फोर Download
holi 1.jpg (52 KB) मधेशमा होली, लहानमा मटका फोर Download


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता