नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Feb 23, 2015
मधेशमा पानको अलगै महत्व
 मधेशमा पानको अलगै महत्व
लहान, ११ फागुन ।  मधेशको मिथिला क्षेत्रमा पान, माछ र मखानलाई आफनो पहिचान ठान्ने पुरानो परम्परा रहँदै आएको छ । खाना खाएपछि ईष्ट मित्र भेटेपछि भालाकुसारी गर्दै पान खाएर हँसिलो अनुहार देखिने पानको सेवन वाध्यता र वानी भन्दा सौखको लागि सेवन गर्ने गरेका छन् । पान खाएर देखेपछि आज फल
ानो निकै खुशी रहेको लख पनि काटने गरेका पाईन्छ । त्यसैले पानलाई शुभ साईत र खुशीको संकेतको रुपमा लिने गरेका छन् । मिथिलाका विभिन्न पर्व र पवनीहरुमा समेत देउतालाई पान चढाउने गरेका छन् । 
    नयाँ पुस्ताहरुले पान पराग , गुटखा र रजनीगन्धा जस्ता पुरियाको सेवनले पान विक्रीमा कमी आउनु एउटा कारण हो भन्ने  भारतीय खुल्ला सिमापारिवाट खुद्रा पान अवैद्य रुपमा भित्रिन थालेपछि थोक पान विक्रेताहरु मारमा पर्न थालेको अर्काे कारण भएको गुनासो  थोक विक्रेताहरुले गर्न थालेका छन् । सिरहामा मुश्किलले एक सयदेखि दुईसयको संख्यामा रहेका चौरसिया वरैल जातीले आफनो पुर्खयौली पेशाको रुपमा पानको व्यापारमा संलग्न रहेको लहानका थोक पान विक्रेता मजनुवावाले भन्नुभयो । पहिलेको तुलनामा यतिवेला पानको सेवन गर्नेहरुको संख्या पनि घटेको उनले भने  । भारतको खुल्ला सिमानाको कारण भारीय खुद्रा व्यापारीहरुले विना भन्सार तिरी नेपालका चारतीय सिमा क्षेत्रमा आएर पान विक्री गर्न थालेको कारण पनि थोक व्यापारीहरु समस्यामा पर्ने गरेको छ ।  भारतको पचिम वंगाल मेदनापुर जिल्लावाट आफूले हप्ताको ४८ हजार पान आयात गरि सिरहाको लहान , गोलवजार र मिर्चैयासम्म पुरयाउने गरेको भन्नुहुदै बाबाले अवैद्य पान नियणत्रण नगर्ने हो भन्ने भन्सार तिरेर काम गर्ने थोक व्यापारीहरु ठूलै मारमा पर्ने बताउनुभयो ।  पानको खेती नदीको किनारमा हुने गर्छ । नेपालमा कहि पनि पान उत्पादन नभईरहेकोले भारतवाट ल्याउनुपर्ने वाध्यता उहाँले भन्नुभयो ।  
    लहान १ का विल्टु गुप्ता भन्न्ुहुन्छ– मिथिलामा पान खाएर नै शान वढने गरेको परम्परा त रहदै आएको छ । तर के गर्ने यति वेलाको युवाहरुले पान खानुको सट्टा पान पराग गुटका , चुरोट र लागु औषध जस्ता स्वास्थ्यको लागि हानी हुने बस्तुहरुको सेवन गर्नमा लाग्नु चिन्ताको विषय भएको छ । 
    संदिप पान पसलका संचालक संदिपका अनुसार पानको बिक्री अन्य पुरियाहरुको तुलनामा घटेकै हो । नाम पान पसल भएपनि अन्य वस्तु नै वढी विक्री हुने गरेको छ । पानमा हिरामोती , जर्दा , चुनाको वढी प्रयोग नगरि समान्यरुपले पान खाने गर्नाले स्वास्थ्यमा असरको सट्टा फाईदा नै गर्ने गरेको अनुभव साटनुहुन्छ – संचारकर्मी एम महतो । उहाँको अनुसार मैले त पान खाएको वर्षौ भयो एक खिल्ली पान खाएपछि क्या हासिँलो अनुहारको कारण अन्य पुरियाको वस्तु सेवन गर्नुभन्दा पानको वानी राम्रो । 
    सिरहामा हप्ताको दुई लाख खिल्ली पान विक्रि भईरहेको थोक विक्रेताहरुको भनाई रहेका छन भन्ने जिल्लामा रहेको एक हजारको हाराहारीमा रहेका पान पसलहरु रहेका छन । एक आध प्रतिशत महिलाहरुले मात्रै पानको सेवन गर्छन भन्ने वाँकी पुरुषहरुले नै सेवन गर्ने गरेका छन । जाडो भन्दा गर्मीमा वढी पानको खपत हुने गरेका छन भन्ने  वंगला पत्ता र मिठा पत्ता पानको वढी माँँग रहेको छ ।  विस वर्ष अगाडि पचास पैसामा पाईने पान यतिवेला पन्ध्र रुपियाँदेखि तीस रुपियाँसम्म मूल्य भएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता