नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Feb 04, 2016
इटहरीमा भिषण आगलागी, लाखौं क्षति
 गौतम सिएन ।
इटहरी, २१ माघ । इटहरीको मुख्य चौकको पूर्व लाइनमा रहको सुविधा मार्केट भित्रका दुई घरहरुमा आज सांझ ५ बजेदेखि भिषण आगलागी भइरहेको छ । चौकको पूर्व लाइनमा रहेको फेसन महल भएको राजकुमार लिम्बुको घर र जनता उच्च मावि अगाडिको कालीप्रसाद पोखरेलको घरमा आगलागी भएको हो ।
कालीप्रसाद पोखरेलको घरमा रहेको अरुण पालको पसलबाट अचानक आगालागी सुरु भई फैलिदा दुई घरमा रहेका एक दर्जन बढी पसलहरुमा आगो लागेको जनाईएको छ । जनता उच्च माविको गल्लीको पोखरेलको घरमा रहेको अरुण पालको पसल र पछाडि रहेको गोदम घर, इटहरी चौकको पूर्व लाइनतर्फ रहेको राजकुमार लिम्बुको घरसँग जोडिएकाले दुई घरमा आगलागी भएको अनुमान गरिएको छ । पालको गोदाम दुवै घरमा जोडिएकाले आगो पोखरेलको घरबाट लिम्बुको घरमा सल्कीएको हुनसक्ने बताईएको छ । पालको गोदामा रहेका सबै सरसामान जलेर नष्ट भएका छन् । भने लिम्बुको घरमा रहेको श्याम भण्डारीको पसलमा समेत ठूलो क्षति पुगेको छ । अन्य व्यवसायीका पसलहरुमा समेत आगलागीबाट क्षति भएपनि व्यवसायीहरुको नाम भने खुल्न सकेको छैन ।
आगो नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानिय खटिएका छन् भने इटहरी, बिराटनगर, धरान, इनरुवा, दमक, बिर्तामोड, राजविराज, धनकुटा र लाहानका दकमल प्रयोग गरिएको छ । एकै पटक आठ वटा भन्दा बढी दमकलको मद्धतमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । अहिले आगो केहि कम हुदै गएको प्रहरीले जानकारी दिएको छ ।
इटहरीको मुख्य चौक हुदै जाने पूर्व पश्चिम राजमार्ग र कोशी राजमार्गको एक किलोमिटर क्षेत्रमा गाडि चल्न नदिइ वैकल्पिक मार्गबाट चलाएर मुख्य चौक क्षेत्रमा उच्च सतर्कता अपनाई दकमल र अत्यावशेक सवारी मात्र चल्न दिइएको छ । आज बिहिबार इटहरी बन्द हुने भएकाले आगलागी भएका घरहरुमा रहेका पसलका सटरहरु बन्द हुदा र माथिल्लो तलाहरुमा आगो लागेका कारण आगो नियन्त्रण गर्न समस्या भएको थियो ।
नेपाली सेनाले घरका माथिल्लो तलामा रहेको सटर र सिसा फोडेर निभाउने प्रयास थालेको थियो । सटर फुटाउन क्रेन प्रयोग गरिएको थियो । सटर र सिसा फुटाएपछि आगो नियन्त्रणमा आउन थालेको हो ।
आगलागी भएपछि हजारौंका संख्यामा इटहरीबासीहरु आगो निभाउन र आगो लागेको हेर्न जम्मा भएका छन् । आगोले व्यवसायीहरुलाई करोडौको क्षति पुगेको हुनसक्ने भन्दै उद्योगी व्यवसायीहरु समेत आगो नियन्त्रणमा लागेका छन् । बन्द सटरबाट आगो लागेकाले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । विस्तृत विवरण भने अझै आउन सकेको छैन ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता