नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Feb 04, 2016
स्थानीय सवारी साधन चल्ने, मोर्चाको आन्दोलन मथ्थर
 लहान, २१ माघ । करिब ६ महिनादेखि स्थानीय सवारी साधन पूर्णरुपले ठप्प रहेको छ । तर, रात्री सवारी साधन प्रहरीको स्कर्टीगमा रातभरी चलिरहेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आम हड्तालसाथै सवारी साधन ठप्प कार्यक्रम राखेर आन्दोलनमा रहेको छ । आन्दोलनको कारण हजारौं सवारी साधनले ६ महिनामा बैंकलाई बुझाउंनुपर्ने किस्तासमेत अलपत्र भएको अवस्था रहेको म्याजिक व्यावसायी लहानका अध्यक्ष बेचन यादव बताउंछन् । व्यावसायी यादवले भने ‘आन्दोलनमा हाम्रो साथ छ, तर हाम्रो क्षतिपूर्ती कसले दिने ?’ बैंकको व्याज मिनाहा गराएपनि हामीलाई राहत हुन्छ । यसको लागि मोर्चाले हामीलाई सहयोग गर्नुपर्छ ।’
यता, सगरमाथा यातायात संघ, लाहानको सभाहलमा आज सुरक्षा निकाय र मोर्चासहित सर्वदलीयका प्रतिनिधिहरुले स्थानीय वस चलाउंन छलफल गरेको छ । प्रजिअ डा.मानवहादुर बीकेका सभाध्यक्षतामा बसेको सर्वदलीय बैठकले बिशेषतः जिल्लामा यातायात सेवा संचालन गर्ने तथा ईन्धनमा भैरहेको कालाबाजारी नियन्त्रण गरी बितरणलाई ब्यवस्थित गर्ने निर्णय गरिएको छ । उता, मोर्चाका एक घटक सद्भावना पार्टीका सिरहा जिल्ला अध्यक्ष रामबहादुर महतोले भने ‘हाम्रो आन्दोलन जारी छ , तत्काल बन्द खोलिने कुनै निर्णय नभएकोले दूई चार दिन सवारी साधन नचलाऔं ।’ ‘चलाऔं भने यसको जिम्मेवारी हामीले लिन नसक्ने बताउंछन् । 
माघ ५ गते लहानमा भएको बलिदानी दिवसको क्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री राजलाल यादवले कार्यक्रमकै मन्चमा भने रात्री बस चलिरहेको छ । स्थानीय सवारी साधन चलाउंन मोर्चाको केन्द्रमा छलफल गराउन आग्रह गरिएको थियो । सोहीक्रममा स्थानीय बसका एक संचालकले भने मधेशको माग जायज हो । यो माग हाम्रो लागि पनि हो । स्थानीय बस चलाउंनु भन्दा केही दिन अझै हेर्नुपर्छ । नत्र आज बस चलाऔं भोलीपर्सी फेरी बन्द गर्नुपर्छ , त्यसको कुनै औचित्य नरहने उनी बताउंछन् । बस सधैंको लागि खुला हुनुपर्छ उनले अडान लिए ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता