नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Feb 04, 2016
कि सबै नाका बन्द गरौं कि बीरगंज पनि खोलौं ः राजेन्द्र महतो
 लहान, २० माघ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले बीरगंज नाका तत्काल खोलिनु पर्नेमा जोड दिएका छन् । दुई दिने बिहार भ्रमण सकाएर बिराटनगर फर्केका मधेशी मोर्चाका नेता महतोले बीरगंज नाकालाई बार्गेनिंगको आधार नबनाउन मोर्चाका अन्य घटकका नेतासंग आग्रह गरेका छन् । महतोले भने ’यदि नाका केन्द्रित आन्दोलनलाई जारी राख्ने हो भने चारवटै नाका ठप्प पारौं अन्यथा बीरगंज नाका पनि सहज गर्नुपर्छ ।
नेता महतोले मधेशी मोर्चाका अन्य नेताहरूद्वारा बीरगंजको नाकाबन्दी यथावत राख्नु पर्ने दिएको अभिव्यक्तिप्रति आफ्नो असहमति जनाएका छन् । मोर्चाका घटक दलका नेताहरू प्रति कटाक्ष गर्दै महतोले भने ’काठमांडौंमा बस्ने अनि बीरगंज नाकाबन्द गर्छौं भन्ने ठुलो ठुलो भाषण दिने, त्यो अब चल्दैन । उनले मोर्चाको आगामी बैठकमा यस बारे विस्तारपूर्वक चर्चा हुने बताए । 
आफ्नै नेतृत्वमा पछिल्लो चार महिनादेखि बीरगंज नाका ठप्प रहेको तर मोर्चाका अन्य नेताले यसमा कुनै चासो नदेखाएकोले बिराटनगर, भैरहवा र नेपालगंज नाका बन्द हुन नसकेको आरोप लगाए । “बाध्यताबश गरिएको नाकाबन्दीले नेपाल सरकारमाथि खासै असर नपारेको तर तस्करी मौलाएकोले यो मुलुकको लागि ठूलो चिन्ताको विषय बनेको छ ।“ महतोले भने मोर्चाका अन्य नेताहरू इमानदार भई दिएको भए सबै नाकाबन्द हुन्थ्यो र सरकार माथि चर्को दबाब पनि पर्थ्यो । सदभावना अध्यक्ष महतोले मधेशी मोर्चाको आगामी बैठकमा आन्दोलनको स्वरूप बारे निर्णय लिइने बताए । उनले भने शक्ति संचय गरेर सरकारमाथि दबाब बनाउनको लागि आन्दोलनको स्वरूपमा रणनीतिक फेरबदल हुन सक्ने संकेत गरेका थिए । नाकाबन्दी खोलिने अथवा नखोल्ने र आन्दोलनको स्वरूप बारे छलफल गर्न मधेशी मोर्चाको बैठक २२—२३ गते काठमांडौंमा हुने सम्भावना छ । 
मोर्चाका नेताहरू बिहारबाट फर्केर आएका छन् । बैठकका लागि उनीहरू काठमांडौं पुग्दै छन् । यस पालीको मोर्चाको बैठक निकै महत्वपूर्ण मानिएकोले महतो आफै काठमांडौं पुग्ने बताए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता