नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jan 31, 2016
लहानको समता स्कूलमा शिक्षकले कुटपिट गरी विद्यार्थीको हात भांचियो
  लहान, १७ माघ । कम शुल्क लिएर संचालन गरिएको समता स्कूलमा यत्तिबेला विद्यार्थीमा ह्रास आएको छ । नेपालमा यस्ता धेरै उपकारका संघसंस्थाहरु खोलेर जनताको सेवा दिनुका ठाउंमा शोषण र यातना दिने गरेको छ । त्यस मध्येको एक लहान स्थित संचालन रहेको समता स्कूल बनेको छ । गरिब जेहेन्दार तथा कम आय स्रोतका व्यक्तिका बालबालिकाको नाममा संचालन गरिएको सो स्कूलमा यतनाको सिमा नाघेको छ । घटना माघ १६ गते शंकर भनिने  शिक्षकले कक्षा ३ मा अध्ययनरत् विद्यार्थी सिरहाको गोविन्दपुर २ निवासी सौरब यादवलाई निर्घात कुटपिट गरिएको छ । विद्यार्थी यादवलाई कुटपिट गरेर उनको हात भांचिदिएको छ । त्यति मात्रै होइन्, पटक पटक विद्यार्थीलाई यातना दिने र कुटपिट गर्ने नियती नै भइरहेको स्थानीय बीरेन्द्र यादव बताउंछन् ।  यादव भन्छन् — ‘कम शुल्कको नाममा विद्यार्थीमाथी यसरी भइरहेको दुव्र्यवहार तथा यातनाप्रति आपत्ती छ ।’ ‘शुरुको बर्षमा राम्रो विद्यालय खोलियो भने २ हजारबढीले नमाकंन गराए , तर अहिले विद्यालयको घटियापन व्यवहारले विद्यार्थी ह्वातै घटेको छ । घाईते विद्यार्थी कक्षामा एक दिन अनुपस्थिति भएको कारण लहानको समता स्कूलका शिक्षक शंकरले निर्घात कुटपिट गरेपछि निज  विद्यार्थीलाई एक अस्पतालमा गोप्य ढंगले उपचारमा लगिएको छ । उपचारमा समेत हेलचक्राई गरिरहेको घाईते यादवका बुवा घुरन यादव बताउंछन् । विद्यालयमा बालमैत्रीको कुरा उठिरहेको अवस्थामा विद्यालयमा यस्ता घटना सार्वजनिक भएपछि सरोकारवाला निकायले यसप्रति ध्यान दिएको पाइदैन् । लहानको समता स्कूलमा भएको घटनाप्रति घाईतेका अभिभावकले प्रहरीमा उजुरी हाल्ने बताएका छन् । तर, समता स्कूलपक्षले कानुनी उपचारमा नजान दवाव दिइरहेको छ । यसप्रति सम्बन्धित निकाय किन मौन होला त ? व्यापक प्रश्न उठेको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता