नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jan 30, 2016
१३ बर्षपछि फरार अभियुक्त प्रहरीमा
 रामनारायण पंडित ।
मिर्चैया, १६ माघ । सिरहा प्रहरीले लागुऔषध मुद्दाका फरार दुई अभियुक्तलाई १३ बर्ष पछि नियन्त्रणमा लिएको छ । लागुऔषध मुद्दामा अदालतबाट सजाए पाएपछि फरार भएका दुई अभियुक्तलाई ईलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नपा ११ का ५७ बर्षिय शान्तबीर लामा र गोलबजार नपा ८ का गंगा प्रसाद यादब रहेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार लामा लागुऔषध गाँजा र यादब लागुऔषध चरेश मुद्दामा अदालतबाट सजाय पाएपछि फरार थिए । जिल्ला अदालत सिरहाले २०५९ जेष्ठ २६ गते गरेको फैसला अनुसार लामालाई २ बर्ष कैद र २५ हजार जरिबाना र २०५६ असोज ५ गते यादबलाई ११ महिना कैद सजाय तोकेको थियो । सजाय तोकेपछि लामा र यादब लुकिछिपी बस्दै आएका थिए । पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिएको छ । 
यसैगरी, चिसोको मध्य नजर गर्दै सिरहामा रहेका विपन्न परिवारहरुलाई कम्वल वितरण गर्ने कार्य जारी नै रहेको छ । प्रत्येक वर्ष झै यसवर्ष पनि सिरहामा जिल्ला दैवी प्रकोप उद्दार समितिले गरिब तथा विपन्न परिवारलाई विभिन्न स्थानमा कम्बल वितरण गरिरहेका छन् । जस अन्तर्गत सिरहा नगरपालिकामा २ सय २८ थान, सुखीपुर नगरपालिकामा १ सय ५० थान, मिर्चैया नगरपालिकामा १ सय ५० थान र विभिन्न गाविसमा जिल्ला प्रशासन, जिल्ला विकास समिति तथा नेपाल रेडक्रसको समन्वयमा ५ सय ४५ थान वितराण गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले जानकारी दिए । यता, सेभ द चिल्र्डेनबाट प्राप्त भएको ५ सय थान कम्बल बाड्न बाँकी रहेको उनले बताए । यता, जाडोको मध्यनजर गर्दै गोलबजार नगरपालिकाले  १ सय ७५ जना लाई १ सय ७५ वटा कम्बल वितरण गरेको छ । नगरपालिकाले अति बिपन गरिब दलित अपांगहरुलाई कमल बितरण गरेको गोलबजार नगरपालिका प्रमुख राजकुमार दासले जनाएको छ । दासले विभिन्न समयमा समाजिक काम गर्दै आईरहेकाले समय अनुकुल र परिस्थिति हेरविचार गरि यस्ता मानव सेवा गर्दै जाने उनले बताईन । कम्बल पाएपछि अति बिपन गरिब दलित अपांगहरु खुसि भएका थिए । यसैगरी अन्य संघ संस्थाले समेत जाडोको कपडा अन्य ठाउँहरुमा  सहयोग गरि दिए अकालमै कसैको मृत्यु हुनबाट जोगिने दासले बताएका छन । अत्यधिक चिसोका कारण गत वर्ष सिरहामा २० जना भन्दा बढीले ज्यान गुमाएका थिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता