नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jan 30, 2016
मधेश आन्दोलनमा बिहारका सांसद र विधायकको समर्थन माग्न महतो पटना जांदै
 लहान, १६ माघ । सरकारले गरेको संविधान संशोधनपछि भारत सरकारको रवैयामा परिवर्तन आउन थालेपछि सीमावर्ती बिहारका सांसद र विधायकहरूको समर्थन लिन सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आज पटना जान लागेको खबर प्राप्त भएको छ । बिहारका कतिपय सांसद र विधायकले दिल्ली सरकारको नीति विपरीत खुलेरै मधेश आन्दोलनको पक्षमा वकालत गर्दै आएका छन् । संविधान संशोधनपछि भारत सरकारले नेपालको यस कदमलाई सकारात्मक रूपमा लिएको र काठमांडौंसंगको सम्बन्ध सुधारको प्रयास शुरू गरेको छ । 
     संविधान संशोधनपछि दिल्लीले मधेशी मोर्चाका शीर्ष नेताहरूलाई आन्दोलन फिर्ता लिन लगातार दबाब दिई रहेको छ । काठमांडौं स्थित भारतका राजदूत रंजीत रेले आफै मोर्चाका शीर्ष नेतालाई फोन गरि आम हडताल फिर्ता लिन र नाकाबाट आफ्ना कार्यकर्ता हटाउन दबाब दिएको स्रोतले बताएको छ । दिल्लीले आफ्नो समर्थन फिर्ता लिएपछि मधेशी मोर्चाका नेताहरू बिहार र यूपीका नेताहरू संग समर्थन जुटाउन विभिन्न तरीकाले लबिंग गरिरहेका छन्। बिहारका सत्तारूढ दल लालूप्रसाद यादव नेतृत्वको राष्ट्रीय जनता दलका उपाध्यक्ष डा. रघुवंश प्रसाद सिंहले पछिल्लो दुई महिनादेखि नेपाल—भारतको सीमावर्ती शहरहरूमा सभा र सम्मेलन गर्दै आन्दोलनमा खुलेरै समर्थन गर्दै आई रहेका छन् । 
       पूर्व केन्द्रीय मन्त्री समेत रहेका डा. सिंहकै निम्तोमा महतो पटना जान लागेको बताईएको छ । पटनामा उनले बिहारका मुख्यमन्त्री नितीश कुमार, राजदका अध्यक्ष लालूप्रसाद यादव, बिहार भाजपाका नेता सुशील मोदी, नन्दकिशोर यादव लगायतलाई भेट्ने कार्यक्रम छ । त्यहांका बुद्धिजीवी र पत्रकारहरू संग पनि भेटघाटको कार्यक्रम राखिएको छ । 
      पटना जानु भन्दा पहिले महतो मुजफ्फरपुरमा सीमावर्ती विधायक र सांसदहरू संग अनतरक्रिया कार्यक्रममा सहभागी हुने छन् । मीडिया फर बर्डर हारमोनी नामक संस्थाको पहलमा हुने यस कार्यक्रममा मधेश आन्दोलनलाई अगाडि बढाउन बिहारका सांसद र विधायकहरूको के कसो भूमिका हुन सक्छ ? त्यस बारे छलफल हुने भएको छ । यो कार्यक्रम डा रघुवंश प्रसाद सिंहको अध्यक्षतामा हुन गईरहेको छ । यसमा प्रमुख वक्ता भने सदभावनाका अध्यक्ष महतो नै छन्। कार्यक्रममा सहभागी हुन महतो आजै सांझ मुजफ्फरपुर जाने कार्यक्रम छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता