नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jan 26, 2016
डा.पशुपतिलाई अपहरणको प्रयास, एक पक्राउ
 लहान, ११ माघ । जनतान्त्रिक तराई मुक्ति मोर्चा  (गोइत समूह) को नाममा लहानका व्यापारीहसंग आर्थिक सहयोग माग गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेका छन् ।
लहान ८ का विजय पासमानलाई माघ १० गते पक्राउ गरी अपहरण तथा शरीर बन्धक उद्दोग मुद्दा अन्तर्गत सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ । 
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लहानका व्यापारीहरुलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) को तर्फबाट संगठनलाई आर्थिक सहयोगको नाममा मोटो रकम चन्दाको रुपमा माग गरिएको थियो । सम्बन्धित व्यापारीले तिनीहरुलाई माग गरिए जति रकम नदिएको कारण अपहरण गरी हत्या समेत गरिदिने धम्की दिइरहेको प्रहरीको आरोप छ । 
पक्राउ परेका पासमानले  माघ ९ गते बिहान अं.०७.०० बजेको समयमा माग बमोजिमको आर्थिक सहयोग नदिएको भनी लहान ३ स्थित सप्तऋषि अस्पताल अगाडिबाट सोही अस्पतालका संचालक डा.पशुपति चौधरीलाई पासमानलगायत २।३ जनाको एक समूहले अपहरण गर्ने योजना अनुरुप खोज्दा तत्काल गस्ती प्रहरीलाई देखेर भागेका थिए । 
उक्त घट्नाका सम्बन्धमा पीडितबाट तत्काल घट्नाको जानकारी प्राप्त हुनासाथ अभियुक्तहरुको विस्तृत हुलिया जानकारी समेत लिई अभियुक्तहरुको खोज तलासको क्रममा माघ १० गते बिहान लहान ३ स्थित पूर्व बस स्टेन्ड छेउबाट विजय पासमानलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाइएको छ । पक्राउ परेका पासमानलाई थप अनुसन्धान प्रकृया अगाडि बढाइएको र घट्नामा संलग्न अन्य अभियुक्तहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले पठाइएको मेलमा उल्लेख छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता