नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jan 25, 2016
गजेन्द्रलाई सम्झिदै लहानमा मधेश आन्दोलन कडा पार्दै
  लहान, १० माघ । प्रजातन्त्रका अथक योद्धा एवं मधेस आन्दोलनका प्रणेता नेपाल सदभावना पार्टीका संस्थापक अध्यक्ष स्व.गजेन्द्र नारायण सिंहको १५ औं पुण्यतिथीको अवसरमा आज लहानमा मधेस आन्दोलन र गजेन्द्र पथ बिषयक बिचार गोष्ठी सम्पन्न भएको छ । 
नेपाल सदभावना पार्टी सिरहाले आज लहान उद्योग वाणिज्यमा आयोजना गरेको सो बिचार गोष्ठीमा सद्भावनाका सहमहासचिव अनिलकुमार सिंहका प्रमुख आतिथ्यमा भएको थियो । प्रमुख अतिथी सिंहले मधेश र मधेशीका मात्रै नभई सम्पूर्ण शोषित पीडितको पक्षमा वकालत गर्ने एक मात्र नेताको रुपमा स्थापित स्व. गजेन्द्र नारायण सिंह आफैमा राजनेता भएको टिप्पणी गर्दै  सिंहले गजेन्द्र मार्गमा अहिले देश अगाडी बढिरहेको र हाल जारी मधेस आन्दोलन पनि उहाँकै बिचारको उपज भएको बताएका थिए । 
सहमहासचिव सिंहले संघीयता गजेन्द्र नारायण सिंहकै परिकल्पना भएको चर्चा गर्दै  राष्ट्रलाई मजबुत बनाउन एउटै देशभित्र बसेका सवैलाई समान  अधिकार  एवं समातावादी समाज निर्माणको लागि जीवनभर लड्नु भएकोले उहांँको सपनालाई सकार पार्न सम्पूर्ण मधेशवादी दलहरु एकजुट भएर अधिकार प्राप्तिको लागि महागठबन्धन बनाएर आन्दोलन अगाडि बढाउंनुपर्ने बताउंनुभयो । 
नेपाल सदभावना पार्टी जीवछ यादवका सभाध्यक्षतामा सम्पन्न सो गोष्ठीमा नेकपा माओवादी (बैद्य) का रामनारायण सिंह महतोले अहिले परिस्थितिमा सबै मधेशवादी तथा पहिचानवादी दलहरु एक भएर महागठबन्धनको तयारी गरे मधेश आन्दोलन सफलता लिन सक्ने बताउंनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता