नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jan 24, 2016
महगठबन्धन बनाएर संघर्ष अगाडि बढाउने महतोको घोषणा, सीमांकन नसच्चाए सम्म आन्दोलन नरोकिने
 बिराटनगर, १० माघ । संविधानमा संशोधन भए पनि मधेशी मोर्चाको आन्दोलन नरोकिने भएको छ । तीन दलद्वारा आपसी सहमतिमा भएको संविधानको पहिलो संशोधनपछि आन्दोलन रोकिने सम्भावना भए पनि आन्दोलन नरोकिने देखिएको छ । संविधान संशोधनपछि आफ्नो पहिलो प्रतिक्रिया दिंदै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सीमांकनको मांग पूरा भए बिना कुनै हालतमा आन्दोलन नरोकिने स्पष्ट पारेका छन् । बिराटनगरमा पत्रकारहरू संग कुरा गर्दै महतोले तीन दलमाथि बेईमानी गरेको आरोप लगाएका छन् । उनले भने ’पहिले संविधान बनाउंदा बेईमानीपछि संविधान संशोधनमा बेईमानी गरेको बताए ।’ हाल भएको संविधान संशोधनबारे प्रतिक्रिया दिंदै महतोले शब्दको जालमा मधेश आन्दोलनलाई फंसाउने षड्यंत्र गरिएको बताएका छन् । 
पत्रकारहरूको प्रश्नको जवाफ दिंदै महतोले भने सीमांकन मधेशी जनताको प्रमुख मांग रहेको बताउंदै त्यो पूरा नभए सम्म कुनै पनि हालतमा आन्दोलन रोकिने वाला छैन् उनले भने ’सीमांकनको लागि हाम्रो दबाब अझै पुगेन, काठमाण्डू माथि दबाब बनाउन मधेशमा आन्दोलनरत सबै पक्षलाई मिलाएर महागठबन्धन बनाउने प्रयास शुरू गरेका छौं।’ महतोले सीमांकनलाई सहमतिको बटम लाईन बताउंदै मधेशमा दुई प्रदेशको लागि चांडैनै महागठबन्धन बनाई आन्दोलन नयां ढंगले अगाडि बढाउने बताए । 
आन्दोलनको स्वरूप परिवर्तन र नाकाबन्दी खोल्ने सवालमा महतोले भने त्यो मोर्चाको बैठकले तय गर्ने हो । भोलि सोमवार संयुक्त लोकतांत्रिक मधेशी मोर्चाको बैठक काठमाण्डूमा हुने र त्यस बैठकले आन्दोलनको स्वरूप, आन्दोलनको आगामी कार्यक्रमहरू तय गरिने महतोले जानकारी गराएका थिए । उनले भने हाम्रो पार्टीको तर्फबाट आन्दोलनरत सबै पक्षलाई मिलाएर महागठबन्धन बनाई अघि बढ्ने प्रस्ताव ल्याउने छौं । 
मोरंगको रंगेलीमा भएको हिंसक झडपमा ज्यान गुमाएका आन्दोलनकारीको परिवारलाई भेट्न बिराटनगर आई पुगेका सदभावना अध्यक्ष महतोले शनिवार रंगेली, डायनियां र बरडेंगा गई मृतक परिवारलाई भेटेका थिए । साथै धरान गई उपचार गराई रहेका घाईतेहरू लाई पनि भेटेका थिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता