नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Mar 03, 2015
धन देख्दा महादेवको पनि त्रिनेत्र खुल्छ, अपहरणका नाटक गर्ने जावेद पक्राउ
 डिपी गुप्ता
लहान, १९ फागुन । अपहरणको नाटक गरी ३१ लाख ७४ हजार साहुको पैसा लिएर फरार भएका जावेद खान पक्राउ परेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी इन्स्पेक्टर सन्तोष निरौलाले बताएका छन् । 
गोलबजार ८ चोहर्वाका जग्गा कारोवारी तथा कपडा व्यवसायी असलम खानले चोहर्वामा रामसेवक यादवसंग जग्गा खरिद गर्नको लागि ३१ लाख ७४ हजार रुपैयां संकलन गरी आफ्ना कामदार जावेदलाई जिम्मा दिईएको थियो । जावेदले ग्लोबल आईएमबाट सिरहा नपठाई रकम लिएर फागुन १८ गते फरार भई अपहरणको नाटक गर्दै उदयपुरको जलजले पुगेका थिए ।
सिरहाका एसपी रामकृपाल साहले अनुसन्धानको क्रममा सप्तरीको कंचनपुरदेखि गाईघाटको लागि बसको टिकट कटाएर गएको र सो टिकट जावेदसंग मौजुद रहेकोले उनलाई अपहरण नभएको पुष्टि भएको दावी गरिएको छ । 
जावेदले पैसा लिएर आफु बस्ने कोठमा ३१ लाख ३३ हजार लुकाएर राखी बांकी रकम लिएर गोलबजारबाट लहान हुंदै सप्तरीको कंचनपुर पुगेका थिए । कंचनपुरबाट पूनः बसमा चढी उनी उदयपुरको जलजले पुगेर आफ्ना साहु असलमलाई भने ‘म अपहरणमा परेको छु ।’ ‘आफुसंग रहेको सबै पैसा अपहरणकारीहरुले लुटि लगेको हो’ बताउंदै आएका थिए । 
यता, प्रहरीको विशेष अनुसन्धानबाट मोबाईलको आधारमा जावेदलाई सोही राती १ बजेतीर जलजलेबाट पक्राउ गर्न सफल भएको हो । ४१ हजार रकम अझै पनि फेला नपरेको र बांकी रकम गोलबजार प्रहरीमा राखिएको छ । 
दोषीलाई सार्वजनिक मुद्दा चलाई कारवाही गर्ने र असलमलाई रकम फिर्ता दिलाउंने प्रहरीले जनाएको छ । 
जावेद करिब ५ बर्षदेखि असलम खानको व्यवसायी गारमेन्टमा इमान्दार कामदारको रुपमा बस्दै आएका थिए । जावेदले भने ‘के भो यस्तो काम मैले गरे’ असलमले भने ‘आजसम्म एक रुपैयां नचोर्ने जावेद चाचा कसरी यस्तो विश्वासघात गरे ?’ यहां धन देख्दा महादेवको पनि त्रिनेत्र खुल्छ जस्तै उखान प्रमाणित भयो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता