नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jan 12, 2016
मधेशमा चलेन नयां शक्ति, कार्यक्रम विथोलियो
 लहान, २७ पुस । पूर्व चेतवनी दिएपनि मोर्चाको विरोधमा गरिएको नयां शक्तिको कार्यक्रम आज लहानमा विथोलिएको छ । 
सिरहाको लहानमा आयोजना गरिएको नयाँ शक्तिको कार्यक्रम गर्नु एक दिन अगावै मधेसी मोर्चासंग छलफल हुंदा नयां शक्तिका कार्यकर्ताले चलिरहेको मधेश आन्दोलनमा सरिक भएर मात्रै कार्यक्रम गर्ने भनी प्रतिबद्धता जनाएको थियो । तर, नयां शक्तिका कार्यकर्ताले मधेश आन्दोलनलाई वाईपास गरी कार्यक्रम संचालन गर्न लाग्दा मोर्चाका कार्यकर्ताले विथोलेका छन् ।
बन्द कोठाभित्र आयोजना गरिरहेको कार्यक्रम समेत मोर्चाका कार्यकर्ताले विथोल्दा झडप भएको थियो । नयाँ शक्ति अभियानले  लहानको रौनिहार सेवा केन्द्रभित्र बन्द कोठामा कार्यक्रम आयोजना गर्ने प्रयासमा थिए । नयाँ शक्तिको कार्यक्रम भएको थाहा पाएपछि मोर्चाका कार्यकर्ता कार्यक्रमस्थल पुगेर नेताहरुमाथि दुव्र्यवहार गर्दै कार्यक्रम बिथोलेको नयाँ शक्तिले आरोप लगाएको छ ।
मधेस मुक्तिका लागि नयाँ शक्तिको भूमिका विषयमा आयोजित अन्तक्रिया कार्यक्रमको बिरोध गर्दै मधेसी मोर्चाका कार्यकर्ताले मधेसमा कुनै पनि शक्ति आवश्यक नभएको भन्दै बिथोलेका थिए । झड्पको क्रममा सो स्थानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो  ।
नयाँ शक्ति निर्माण अभियान सिरहा लहानका संयोजक जिवछ यादवका सभाध्यक्षतामा हुने भनिएको थियो । नयां शक्ति निर्माणका अभियन्ता तथा पूर्व मन्त्री रामचन्द्र झाका प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा अतिथिका रुपमा रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका प्रेस सल्लाहकार तथा नयाँ शक्ति अभियन्ता रामरिझन यादवको मन्तव्य सकिने वितिकै मोर्चाका लहान संयोजक कृष्णबहादुर यादव कार्यक्रम स्थल रौनियार सेवा समितिको हलमा पुगि गालिगलौच तथा हातपात गर्न थालेपछि कार्यक्रम स्थगित भएको थियो । मोर्चाका यादवले भने विगत पाँच महिनादेखिको जारी आन्दोलन नयाँ शक्तिको नामामा भाड्न खोजिरहेकोले हामीले त्यस्ता गतिविधि रोक्नका लागि मात्र यस्तो कार्य गर्नु परेको बताउनु भयो ।
कार्यक्रममा उपस्थित नयाँ शक्तिका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले आफ्नो सुरक्षा घेरामा बाहिर निकाली माहोल शान्त पारेको इलाका प्रकरी कार्यालय लहानका प्रहरी निरीक्षक चन्द्र राजवंशीले बताउनुभयो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता