नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jan 10, 2016
सुकुम्वासी र साना किसानलाई नेतृत्व विकास
 गाईघाट २६ पुस । जिल्ला भूमि अधिकार मञ्च उदयपुरको आयोजनामा पुस २६ गते आइतवारदेखि गाईघाटमा तीन दिने अभियानकर्ताहरुको लागि नेतृत्व विकास तथा वकालत सीप सम्बन्धी तालिम सञ्चालन भएको छ । 
तालिमको उद्घाटन गर्दै राष्ट्रिय भूमिअधिकार मञ्चका केन्द्रिय कोषाध्यक्ष बलबहादुर तामाङ्ले बसेको जग्गाको लालपुर्जा नपाएर पीडित भएका मानिसको बाहुल्य रहेको उदयपुर जिल्लाका अभियानकर्ताहरुले तालिममा नेतृत्व विकास र पैरवी सीप सिकेर ऐलानी जग्गालाई नम्मरी बनाउने अभियानमा सफल रणनीति अवलम्बन गर्न सक्षम हुने आशा गर्नु भएको छ । तामाङ्ले सुकुम्बासी र साना किसानहरुलाई आफ्नो अधिकारको लागि आफै लड्न सक्षम बनाउनका लागि यो तालिमले सीप सिकाउने बताउनु भयो । 
केयर नेपालका क्षेत्रीय कार्यक्रम संयोजक रहमद हुसैनले उदयपुरका सुकुम्वासी र साना किसानहरुले तालिमबाट भूमि आन्दोलनलाई सफल नेतृत्व गरेर अगाडी बढाउन विभिन्न तौर तरिकाहरु सिकेर भएका कानुनको बारेमा जानकारी प्राप्त गरी सफल अभियान संचालन गर्न अनुरोध गर्नु भयो । 
कार्यक्रममा सीएसआरसीका प्रतिनिधि भोला पासवान र प्रशिक्षक विजयप्रसाद मिश्रले उदयपुरमा भूमि आन्दोलनका लागि धेरै प्रयास भएपनि आन्दोनलको उपलब्धीलाई लिपिबद्ध गर्ने चलन कम भएकाले तालिमले सहभागीहरुलाई आन्दोलन गर्ने तौरतरिका सिकाउनुको साथै आफूले प्राप्त गरेको उपलब्धीलाई नीतिनिर्माण कर्तासम्म पु¥याउन मिडियाको उपयोग र सवालको लागि गरिने आन्दोलनको रणनीतिहरुको बारेमा भूमि अभियान कर्ताहरुलाई जानकारी भई उनीहरुको आन्दोलन निष्कर्षतर्फ उन्मुख हुने बताउनु भएको छ । यस अघि ओखलढुंगाका भूमि अधिकारबाट बञ्चित साना किसानहरुको लागि गत पुस २० देखि २२ गते सम्म नेतृत्व विकास र सवालमा विजयी हुने रणनीतिहरुको बारेमा तालिमको आयोजना गरिएको थियो । कटुन्जे गाविसको भवनमा संचालित उक्त कार्यक्रममा विजयप्रसाद मिश्रले प्रशिक्षण दिनुभएको थियो । गाउँघरमा सानो पूँजी भएका किसानहरुले कसरी सफल अभियान संचालन गरेर किसानका लागि राज्यले व्यवस्था गरेको बजेटलाई गाउँमा ल्याउन गर्नु पर्ने तौर तरिका र रणनीतिहरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रम सिएसआरसीको सहयोगमा संचालन भएको थियो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता