नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jan 05, 2016
घर भत्काएको आरोपमा डिएसपी चतुर्वेदीसहित पांचमाथी अवहेलना मुद्दा
  लहान, २१ पुस । सिरहाको लहान २ स्थित जग्गा विवादमा भोगचलन गर्दै आएका विष्णु साहको जग्गामा रहेको घर पसल भत्काएको आरोपमा ईलाका प्रहरी कार्यालय लहानका डिएसपीसहित पांचमाथी एकै दिन दूई थरिको मुद्दा परेको छ । 


विष्णु साहका वारेस महेन्द्र साहले सिरहा जिल्ला अदालतमा चढाएको निवेदनपत्र अनुसार लहान २ स्थित रहेको कि.नं. ६२९ को ०—०—१२ जग्गामा निर्माण रहेको घर तथा पश्चिमतर्फ रहेको कम्पाउण्ड वालसहित विष्णु साहले भोगचलन गर्दै आएको थियो । सो निर्माण गरिएको घरलाई इन्द्रकुमार यादव, कृष्णदेव यादव र जग्रनाथ यादवसहितले हसेरी ल्याई राता राता भत्काएकोले निषेधाज्ञाको आदेश जारी गरी पाउं भनी अदालतमा मुद्दा दायर गरिएको छ । 
सोहीक्रममा ईलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदी र इन्स्पेक्टर चन्द्र राजवंशीसंग यादवपक्षले मिलोमतो गरी निजहरुलाई पक्ष प्रभावमा पारी पुस १८ गते राती ११ बजेतीर डोजर लगाई सो घर भत्काएको छ । 
घर भत्काउंन मिलोमतो गरेको आरोपमा डिएसपी चतुर्वेदी र राजवंशी उपर साहले अवहेलनामा कारवाही र अत्तरीम आदेश सहितको आदेश जारी गरी पाउं भनी आदालतमा निवेदन दर्ता गराएको जानकारीमा आएको छ । घर भत्काउंने क्रममा विष्णु साह र उनकी पत्निलाई समेत घाईते बनाएका छन् । यादवपक्षका केही व्यक्ति समेत समान्य घाईते भएको छ । 


यसअघि यादवपक्षले विष्णुसाहकै घर भत्काएको कारण आदालतले २०७० असोज २ गते इन्द्रप्रसाद यादव र कृष्णदेव यादवलाई जनही ५० हजार भराई पाउने ठहर गरेको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता